०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

काठमाडौं संसद भवनमा मर्यादापालकले महिला फोटो पत्रकारलाई दुर्व्यवहार गरे

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

 (ABC-Sanchar) काठमाडौँ । संसदीय मामिला पत्रकार समाजले संसदीय रिपोर्टिङका क्रममा पत्रकारहरूलाई मर्यादापालकले गर्ने व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार फोटो पत्रकार वर्षा शाहलाई मर्यादापालकले दुर्व्यवहार गरेको भन्दै समाजले त्यसप्रति खेद प्रकट गरेको छ।

‘मिति २०७९ माघ १२ गते बुधबार फोटो पत्रकारहरूलाई फोटो खिच्न र आउने–जाने क्रममा फोटो पत्रकार वर्षा शाहलगायतलाई मर्यादापालकले गरेको व्यवहार र घटनाप्रति यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ,’ समाजले भनेको छ,’ यस्ता घटना दोहोरिन नदिन सम्माननीय सभामुख, माननीय उपसभामुखसहित संघीय सचिवालयको ध्यानाकर्षण गराउन चाहन्छौँ।’

संसदमा नियमित रिपोर्टिङ गर्ने संसदीय मामिलाका पत्रकारलाई बेलाबेलामा यो वा त्यो बहानामा दुःख दिने गरिएको समाजको भनाइ छ।

फोटो पत्रकार शाहले मर्यादापालकले आफूलाई बाथरुम प्रयोग गर्न नदिएको बताइन्। ‘संसद्‌मा रिपोर्टिङ गर्न आउने पत्रकारले बाथरुम प्रयोग गर्न कहाँ जाने ?’ उनले भनिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!