१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

भारतीय रुपैयाँ नेपालमा चल्न छोडे भारु पैसाको दाम नेपालमा घट्दै

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

(ABC-Sanchar) काठमाडौँ । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।

भारत सरकारले गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु (१२ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो । तर, बजेटमा घोषणा भए अनुसारको सहयोग नभएको देखिएको छ ।

गत वर्ष चार अर्ब २५ करोड भारु (६ अर्ब ८० करोड नेपाली रुपैयाँ) मात्र नेपाललाई सहयोग गरिएको भारतीय बजेटमा उल्लेख छ ।

भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र मालदिभ्सलाई सहयोग गर्छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गर्छ ।

आउँदो वर्ष भारत सरकारले भुटानलाई सहयोगका लागि २४ अर्ब भारु छुट्ट्याएको छ ।

भारतले छिमेकी तथा मित्रदेशहरूका लागि ५४ अर्ब भारु सहयोग गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । भारतले विगतदेखि नै सबैभन्दा बढी सहयोग भुटानलाई गर्ने गरेको छ ।

नेपाललाई यसरी दिने भनिएको सहयोग भने बजेटरी माध्यमबाट आउने गर्दैन । भारतीय दूतावासले बर्सेनि स्वास्थ्य चौकीलाई दिने एम्बुलेन्स तथा विद्यालय भवन बनाउनमा सो रकम खर्च गर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]