२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङको सिसहनियाँ बजारको नाम आफू खुसी परिवर्तन राप्ती गापा किन मौन ??

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

(ABC-Sanchar) दाङ । लमही भालुवाङ सडक खण्डको मध्य भागमा पर्ने सिसहनियाँ बजार अहिले पनि सिसहनियाँ बजारकै नामबाट परिचित छ । तर राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षलाई समेत थाहा नदिई वडा कार्यालयको अनुमति बिनै राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी लालबहादुर चौधरीले आफू खुसी बजारको पश्चिम क्षेत्रमा गाडिएको साइनबोर्डमा कालापानी नाम लेखाएका छन् ।

बजारको पुर्व क्षेत्रमा भने सिसहनियाँ बजार लेखिएको छ । कुनै व्यक्ति विशेषलाई आफू खुसी साइनबोर्डमा लेखिएको नाम मेटाउने अधिकार छैन । तर सिसहनियाँको नाम एउटा व्यक्तिले मेटेर नाम परिवर्तन गराउनु र स्थानीय सरकार बेखवर बन्नु दुखको कुरा भएको स्थानीय बजारबासीको भनाई छ । सिसहनियाँको नाम किन परिवर्तन गर्नु भयो भन्ने जिज्ञासामा लालबहादुर चौधरी भन्छन्, मेरै गाउँका स्थानीयले बजार क्षेत्र कालापानी भएकोले कालापानी नाम राख्नु पर्छ भन्ने सल्लाह दिएकाले मैले मेरो लगानीमा नाम परिवर्तन गराए ।

यस विषयमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीलाई बुझ्दा वडा अध्यक्ष चौधरीले सिसहनियाँको नाम परिवर्तन गरेको बारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । साइनबोर्डमा नाम परिवर्तन गरिएकोमा सिसहनियाँ बजारबासीलाई भने पटकै चित्त बुझेको छैन् । त्यसैले कुनै गाउँ, टोल वा बजारको नाम परिवर्तन गर्ने विषयमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने देखिन्छ । ओमप्रकाश गुप्ता

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।