१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

दाङको सिसहनियाँ बजारको नाम आफू खुसी परिवर्तन राप्ती गापा किन मौन ??

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

(ABC-Sanchar) दाङ । लमही भालुवाङ सडक खण्डको मध्य भागमा पर्ने सिसहनियाँ बजार अहिले पनि सिसहनियाँ बजारकै नामबाट परिचित छ । तर राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षलाई समेत थाहा नदिई वडा कार्यालयको अनुमति बिनै राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी लालबहादुर चौधरीले आफू खुसी बजारको पश्चिम क्षेत्रमा गाडिएको साइनबोर्डमा कालापानी नाम लेखाएका छन् ।

बजारको पुर्व क्षेत्रमा भने सिसहनियाँ बजार लेखिएको छ । कुनै व्यक्ति विशेषलाई आफू खुसी साइनबोर्डमा लेखिएको नाम मेटाउने अधिकार छैन । तर सिसहनियाँको नाम एउटा व्यक्तिले मेटेर नाम परिवर्तन गराउनु र स्थानीय सरकार बेखवर बन्नु दुखको कुरा भएको स्थानीय बजारबासीको भनाई छ । सिसहनियाँको नाम किन परिवर्तन गर्नु भयो भन्ने जिज्ञासामा लालबहादुर चौधरी भन्छन्, मेरै गाउँका स्थानीयले बजार क्षेत्र कालापानी भएकोले कालापानी नाम राख्नु पर्छ भन्ने सल्लाह दिएकाले मैले मेरो लगानीमा नाम परिवर्तन गराए ।

यस विषयमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीलाई बुझ्दा वडा अध्यक्ष चौधरीले सिसहनियाँको नाम परिवर्तन गरेको बारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । साइनबोर्डमा नाम परिवर्तन गरिएकोमा सिसहनियाँ बजारबासीलाई भने पटकै चित्त बुझेको छैन् । त्यसैले कुनै गाउँ, टोल वा बजारको नाम परिवर्तन गर्ने विषयमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने देखिन्छ । ओमप्रकाश गुप्ता

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष : दिन राम्रो रहेको छ। आफन्तबाट राम्रो साथ सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती भएपनि व्यापारमा भने फाइदा हुनेछ । राजनीतिमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा गरेको कामबाट फाइदा हुनेछ। वृष : दिन राम्रो छ। शिक्षामा आज गरेको योजना दीर्घकालीन हुनेछ। सम्पत्तिको मामिलामा भने समस्या हुनसक्ने जोखिम छ। कारोबार गर्नुपरे हातबाट वा मागेर गर्नु […]

काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् । सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र […]

बाँकेमा एकजना असइले तस्करसंग केटी मिलाई दे भनेको अडियो रेकर्ड एबिसी संचार भन्डाफोर टिमलाई प्राप्त..

error: Content is protected !!