२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

गृह मन्त्रालय रवी लामिछानेले नपाए पछी राष्ट्रिय स्वतन्त्र पार्टीमा दुईधार फुट्ने संकेत

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९


(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँ गृह मन्त्रालयमा फर्कन दौडधुप गरिरहेका बेला यसबारे पार्टीभित्र दुई धार पछी पार्टी फुट्ने पनि देखिएको छ । दुई धार देखिएपछि तत्काल सरकारबाट फिर्ता हुने निर्णयबाट समेत लामिछाने ब्याक हुनुपरेको छ ।

नागरिकता मुद्दामा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेमाथि पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी छ । यस्तो अवस्थामा उनी तत्काल गृहमा फर्किए सो मुद्दा कमजोर बनाउन सक्ने चिन्ताबीच गैरसांसदको रूपमा गृह मन्त्रालयमा फर्किन न्वारनसम्म बल लगाइरहेका छन् । लामिछानेलाई प्रवक्ता मुकुल ढकालसहित केही कांग्रेस पृष्ठभूमिका सांसदहरूले साथ दिइरहेका छन् । लामिछानेलाई गैरसांसदको रूपमा गृहमा फर्काउने सफल नभएमा सरकारबाट बाहिरिनेसमेत चेतावनी उनीहरुले दिइरहेका छन् ।

तर, उपसभापति एवम् श्रममन्त्री डीपी ढकालसहित अन्य सांसदहरूले मंगलबार साँझ लामिछानेलाई भेटेर तत्काल सरकारबाट बाहिर नहुने भन्दै दबाब दिएपछि उनी ‘ब्याक’ भएको पार्टीका एक नेताले बताए । सकेसम्म लामिछानेलाई नै गृहमा फर्काउने, त्यो नभएमा अरु कुनै सांसदलाई पठाएर भएपनि यो गठबन्धन जोगाउने पक्षमा उनीहरू छन् । गृह मन्त्रालयमा लामिछाेनलाई फर्काउने विषयमा पार्टीमा दुई धार भएपछि पार्टीभित्र समझदारी जुट्न सकेको छैन । थप विवाद हुने त्रासले सभापति लामिछानेले पार्टीको बैठकसमेत बोलाएका छैनन् ।

सभापति लामिछानेले गत पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीको शपथ लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!