२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन फिर्ता हुन्छ : रन्जिता श्रेष्ठ

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९

 (ABC-Sanchar) काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो सङ्केत गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ ।’

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलगायतको रिहाइको माग गर्दै आएको छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको उक्त पार्टीले रेशम चौधरीलगायतलाई रिहा नगरेसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!