३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

नागरिकको शान्ति सुरक्षा दाङ प्रहरीको अभूतपूर्व सफलता एसपी वीरबहादुर वली

Logo
प्रकाशित शनिबार, माघ २१, २०७९

 (सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई आए पछीको १२ जिल्लाका प्रहरी प्रमुख हरुलाई निर्देशन पछी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले प्रहरीले दिने सेवा निशुल्क हुनुपर्छ कसैले सेवा ग्राहीहरुसंग पैसा लिन्छ या दुव्र्यवहार गर्छ भने त्यो प्रहरी कर्मचारीले कुनैपनि गल्ती गर्छ भने ठाँउको ठाँउ कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै । साथै अत्यन्तै न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई बढ्दो सवारी साधनहरुकाे चाँपले गर्दा त्यसको व्यवस्थापन गर्न दाङ प्रहरीले निरंतरता काम अघि बढेको बताए । दाङ जिल्लामा दैनिक रूपमा गुणात्मक तरिकाले बढिरहेका सवारी साधनहरुलाई अंकगणितका हिसाबले भर्ना गरिने ट्राफिक प्रहरी कर्मचारीहरुबाट उचित ध्यान दिन हम्मेहम्मे परिरहेको यथार्थ झल्काए ।आवश्यक ट्राफिक प्रहरी कर्मचारीहरुको अभावको कारण नै सवारी साधनहरुको दुर्घटना न्यूनीकरणमा आशा गरिएको जति उपलब्धि हुन नसकेकोमा दाङ एसपी वलीले दुखेसो गरे । जेजस्तो अवस्थाबाट गुज्रिएर भएपनि ट्राफिक लगायत नेपाल प्रहरीले अहोरात्र खटेर देश तथा नागरिकको सेवा सुरक्षाको प्रत्याभूति दिन सकेकोमा नेपाल प्रहरी सङ्गठनका हिसाबले खुशी व्यक्त गरे । नेपाल प्रहरी अाम नागरिकको सेवा सुरक्षार्थ तैनाथ एउटा छुट्टै गौरव र गाथा बोकेको संगठन भएकाले समाजका सबै तह तप्का वर्गका आम नागरिकहरुको साथ सहयोग प्राप्त भएमा मात्र लक्ष्य प्राप्ति गर्न सकिने औंल्याए नागरिकको शान्ति सुरक्षा, दाङ प्रहरीको अभूतपूर्व सफलता रहेको । पत्रकार सागर थापा संगको कुराकानीमा दाङका प्रहरी प्रमुख एसपी वलीले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]

  काठमाडौं । कारागारबाट उनलाई विमानस्थल ल्याइसकिएको छ । तर चार बजेसम्म जहाज उडेको छैन । रविलाई ल्याउने भनेपछि विमानस्थलमा लामो भीड जम्मा भएको छ । यस्तै त्रिभुवन विमानस्थलमा पनि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरु पुगिसकेका छन् । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए । उनले गत […]

error: Content is protected !!