२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तु प्रहरीको ठुलो सफलता २१ लाख भारतीय रुपैयाँ सहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २१, २०७९

 ABC (क्राईमबिट) कपिलवस्तु । गए राती नौ बजेतिर भारतीय नम्बर प्लेटको कारमा विशेष सुराकीको आधारमा तौलिहवाको जमुहार पुल नजिकैबाट सो रकम सहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २ नेपाली र एक भारतीय रहेका छन।

पक्राउ पर्नेहरूमा शुद्धोदन गाउँपालिका ६ बिमिहाका २६ वर्षीय राकेश कुमार बर्मा ३५ वर्षीय राजेश कुमार बर्मा, गाडी चालक भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुप नगर नौगढ भई हाल कपिलवस्तुको मायादेबी गाउँपालिका १ ईमिलियाका २८ वर्षीय हमिद मुसलमान रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए।

भैरहवाबाट तौलिहवा आउनेक्रममा युपी ५५ एएम ०४५९ हुन्डाई भेन्यु गाडीमा चालक र त्यसैसंग रहेको अघिको २ सिट मुनीबाट कुल २१ लाख ७ हजार १ सय रुपैयाँ बरामद भएको थियो। सिट मुनी ३ ठाउमा फल्स बटम बनाई सो रकम लुकाइएको अवस्थामा बरामद भएको थियो । ५ सय भारुको नोट ४ हजर थान, राकेश कुमार बर्माका साथबाट ५ सयका २ सय ७ वटा भारु नोट र एक सय भारुको नोट ३६ वटा बरामद गरिएको थियो।

श्रोत अनुसार उनीहरुले भारतमा सुन बेचेर तौलिहवा तर्फ आईरहेका थिए। धेरै दिन देखि यही कारोवारमा लागेका उनीहरु बारे प्रहरीले सुराकी पाएको थियो । पक्राउ परेका राकेश कुमार बर्मा तौलिहवा स्थित मेरा मार्टका संचालक समेत हुन। पक्राउ परेकाहरूलाई बुटवल स्थित राजस्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको प्रहरी उपरिक्षक बस्नेतलले बताए। उनीहरूमाथि वैदेशिक मुद्रा अपचलनको मुद्दा लाग्ने प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।