३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

IGP सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रणमा अनुसन्धान केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन

Logo
प्रकाशित आइतबार, माघ २२, २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवं जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

हालै सरुवा भई कार्य क्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई आज निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाइ गरी राजस्व संकलनमा सहयोग गर्न पनि आग्रह गरे।

प्रहरी प्रधान कार्यालमा भएको उक्त कार्यक्रममा उनले स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रामक भई लाग्न पनि निर्देशन दिए।

प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखका रूपमा खटिँदा आफ्नो मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरूमा निर्देशन दिनुपर्नेमा जोड दिँदै गलत काम गर्नेलाई कारबाही तथा असल प्रहरीलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुपर्ने बताए।

फरार अपराधी पक्राउ, गुण्डागर्दी, मिटरब्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उल्लेख गर्दै विगतमा भएका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न उनले निर्देशन दिए।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी अधिकृतहरूले आफ्नो क्षेत्रमा नागरिकले अनुभूति गर्ने गरी प्रहरीका दैनिक काम कारबाहीहरू थप नागरिकमैत्री बनाउँदै लैजानुपर्ने उल्लेख गरे।

प्रहरी अधिकृतहरूले आफ्नै क्षेत्रमा हुने विभिन्न अपराधहरूको समयमा नै पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यक योजना बनाई आवश्यकताअनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!