०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

सिरहाको लहानबाट नक्कली नोट सहित २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २३, २०७९

(सुरेन्द्र दास)

सिरहा । लहान नगरपालिका वडा नं. ८ पशुपती स्कुलको गेट नजिक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा र ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा तथा सशस्त्र प्रहरी बल नेपाल लहान सिरहाबाट खटिएको संयुक्त टोलिले जिल्ला सिरहा लहान नगरपालिका वडा नं.९ बस्ने बर्ष ३० को अर्मान सेख र ऐ.ऐ. वडा नं. १९ छरापट्टी बस्ने बर्ष ३० को ओसिन सेखलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ४,३५,०००।– ( चार लाख पैंतिस हजार) नक्कली नोट, सोही आकारको कागजातहरु ३३ (तेत्तिस) बंडल, मोबाईल थान- ३, सिम थान-४ फेला पारी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुशन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । न्यूयोर्क संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् । संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय ९ओसीएचए० ले सार्वजनिक गरेको प्रतिवेदनमा […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता […]

  काठमाडौं । भारत अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए। फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन्। फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए। उनको डायलाइसिस भइरहेको थियो। अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो। यस्तै फिश वेंकट आर्थिक संकटको सामना गरिरहेका थिए। उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका […]

error: Content is protected !!