०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

सिरहाको लहानबाट नक्कली नोट सहित २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २३, २०७९

(सुरेन्द्र दास)

सिरहा । लहान नगरपालिका वडा नं. ८ पशुपती स्कुलको गेट नजिक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा र ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा तथा सशस्त्र प्रहरी बल नेपाल लहान सिरहाबाट खटिएको संयुक्त टोलिले जिल्ला सिरहा लहान नगरपालिका वडा नं.९ बस्ने बर्ष ३० को अर्मान सेख र ऐ.ऐ. वडा नं. १९ छरापट्टी बस्ने बर्ष ३० को ओसिन सेखलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ४,३५,०००।– ( चार लाख पैंतिस हजार) नक्कली नोट, सोही आकारको कागजातहरु ३३ (तेत्तिस) बंडल, मोबाईल थान- ३, सिम थान-४ फेला पारी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुशन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!