२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दाङमा पहिलो पटक सुतेर यात्रा गर्ने सुविधा सम्पन्न बसहरू संचालनमा

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

 (तेज वली) दाङ । यात्रुहरूको आरामदायी यात्राका लागि त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङमा पहिलो पटक सुतेर यात्रा गर्न सकिने एयर सस्पेन्सन सिल्पर एसी बस सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । प्रविधिको विकास र यात्रुको सुविधालाई मध्यनजर गर्दै ल्याइएको ३६ सिटे बसमा ४ वटा सिटमा सुत्न मिल्ने छ ।
बसेर यात्रा गर्नका लागि १८ सय र सुतेर यात्रा गर्नका लागि २ हजार रुपैयाँ भाडा लाग्ने छ । बसमा चढ्ने वित्तिकै यात्रुले एक बोतल पानी र कुकिज पनि प्राप्त गर्ने छ । प्रत्येक दिन एउटा मात्र बस तुलसीपुरबाट काठमाण्डौका लागि छुट्ने छ । दाङको तुलसीपुरबाट बेलुकी साढे पाँच बजे र काठमाण्डौबाट पौने ६ बजे एयर सस्पेन्सन सिल्पर एसी बस छुट्ने छ । प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर यस अघि ब्लुस्काई, सेभेन स्टार सञ्चालनमा ल्याइसकेको र अहिले पहिलो चरणमा सस्पेन्सन ४ वटा बस ल्याइएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अथिति नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सुविधा सम्पन्न आरामदायी बस सञ्चालनमा ल्याउनु गौरवको कुरा भएको बताउँदै यात्रुमैत्री व्यवहारका लागि ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण प्रालिका सल्लाहकार शरद रेग्मीले गर्नु भएको थियो । प्रशासनिक सचिव प्रकाश भट्टले विषयवस्तु माथि प्रकाश पारेको पत्रकार सम्मेलनमा स्वागत पूर्व सचिव नारायण प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले न्यायालयलाई कसरी विश्वास गरौँ भन्दै प्रश्न गरेकी हुन्। ‘सम्माननीय प्रधान न्यायाधीश ज्यू, अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाऊँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले […]

काठमाडौँ । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ […]

चियाको सेवन गर्नु फाइदा बेफाइदाहरु काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार […]

error: Content is protected !!