२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सरकारसँग भएको सम्झौता बन्दि रिहाई मुद्धा फिर्ता नभएको विप्लवको पत्रकार सम्मेलन हुँदै

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९

(ABC-Sanchar) काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ ।

आज (बुधबार) दिउँसो १ बजे काठमाडौंको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाको सचिवालय जनाएको छ ।

हालै सम्पन्न भएको सो पार्टीको केन्द्रिय समिति बैठकका निर्णय, तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाई तथा मुद्धा फिर्ता गर्ने सबालमा भएको ढिलाईलगायतका बिषयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा चन्दसहित खडगबहादुर विश्वकर्मालगायत शिर्ष नेताको उपस्थिति र सम्बोधन हुनेछ । सोही बिषयलाई लिएर चन्द नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!