३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

प्रहरी निरीक्षक आधारभूत तालिम समूहको एआईजी सहकुल थापाद्वारा समुद्‍घाटन

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक तथा यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०७९/१०/२५ गते एक समारोहका बीच “प्रहरी निरीक्षक आधारभूत तालिम” १-१८२ औं समूह (PGDPS 13th Batch) को समुद्‍घाटन कार्यक्रम सम्पन्‍न भयो । समुद्‍घाटन समारोहमा मन्तव्य व्यक्त गर्ने क्रममा नव प्रवेशी प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई यस प्रशिक्षणको दौरानमा आफूलाई शारीरिक तथा मानसिक रुपमा बलियो बनाई जस्तोसुकै कठिन परिस्थिको सामना गर्न सक्ने सामर्थ्य भएको प्रहरी अधिकृत बन्‍नुपर्ने तथा प्रहरी राष्ट्र सेवक भएकोले कार्य सम्पादन गर्ने क्रममा विशेष गरी समाज तथा जनताको हित हुने कार्य गर्न निर्देशन दिनुभयो ।

साथै प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले यसलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानले विशेष अभिरुचि र प्राथमिकताका साथ हेर्ने गरेको कुरा व्यक्त गर्नुभयो । आधारभुत तालिममा समावेश Post Graduate Diploma in Police Sciences (PGDPS) कार्यक्रम प्रहरी सेवा अवधिभर महत्वपूर्ण रहने कुरा व्यक्त गर्दै प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई तालिम अवधिभर मेहनत र अनुशासनलाई पहिलो प्राथमिकतामा राख्‍न निर्देशित गर्नुभएको थियो । उक्त कार्यक्रममा उपस्थित त्रिभुवन विश्‍वविद्यालय व्यवस्थापन संकायाका डिन प्रा. डा. श्री डिल्लीराज शर्माज्यूले समेत छोटो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक रमेश थापाज्यूले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तालिम समूहमा ३९ जना नव प्रवेशी र ११० जना विभागीय गरी कुल १४९ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।

समुद्‍घाटन समारोहमा त्रिभुवन विश्‍वविद्यालय व्यवस्थापन संकायाका डिन प्रा. डा. डिल्लीराज शर्माज्यू, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव विक्रम राणाज्यू, यस प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षकज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षकज्यूहरु, अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!