२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

एसएसपी लाई (डीआईजी) मा बढुवा गर्न सिफारिस

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

ABC (क्राईमबिट)                                                  सशस्त्र प्रहरी बल, नेपालका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा बुधबार राती बसेको बढुवा समितिको बैठकले चार जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा एसएसपीहरु सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन् ।

सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त थियो।

बढुवाका दाबेदारमा एसएसपीहरु दीपेन्द्र शाह, पुरुषोत्तम थापा, अन्जनी कुमार पोखरेल, सुरेश कुमार श्रेष्ठ, दीपक अधिकारी, कृष्ण ढकाल, विनोदराज श्रेष्ठ र मनिष थापा थिए । उनीहरु सिसं–१ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकारीहरू हुन् ।

बढुवा समितिका सदस्य सचिव एआईजी नारायणदत्त पौडेलले माघ १९ को निर्णयअनुसार बढुवा सूचना निकालेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!