२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

एसएसपी लाई (डीआईजी) मा बढुवा गर्न सिफारिस

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

ABC (क्राईमबिट)                                                  सशस्त्र प्रहरी बल, नेपालका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा बुधबार राती बसेको बढुवा समितिको बैठकले चार जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा एसएसपीहरु सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन् ।

सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त थियो।

बढुवाका दाबेदारमा एसएसपीहरु दीपेन्द्र शाह, पुरुषोत्तम थापा, अन्जनी कुमार पोखरेल, सुरेश कुमार श्रेष्ठ, दीपक अधिकारी, कृष्ण ढकाल, विनोदराज श्रेष्ठ र मनिष थापा थिए । उनीहरु सिसं–१ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकारीहरू हुन् ।

बढुवा समितिका सदस्य सचिव एआईजी नारायणदत्त पौडेलले माघ १९ को निर्णयअनुसार बढुवा सूचना निकालेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!