३१ आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

हेल्मेटभित्र लुकाई भारतीय १८ ल्याउँदै गरेको १८ लाख सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

ABC (क्राईमबिट) पर्सा । बीरगंज महानगरपालिका १६ स्थित बीरगंज रक्सौला सडकखण्डबाट बुधबार २ जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने २६ वर्षिय राकेश कुमार र २७ वर्षिय प्रसंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेका थियो । साथै फेला पारिएको नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाईएको सशस्त्र प्रहरी बलका सहायक प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । कोहलपुर लागुऔषधको अखडा बन्दै गएको ब्यापक जनगुनासोकाविच कोहलपुर प्रहरीलाई ठुलो सफलता मिलेको छ । कोहलपुर प्रहरी प्रमुखकारुपमा लक्ष्मि खनाल आएपछि पहिलो पटक यती ठुलो सफलता मिलेको हो । आज विहान कोहलपुर ११ बाट अफिम र नक्कली नोट सहित आफुलाई पत्रकार वताउने मान वहादुर साकारले लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट र १९ […]

दाङ । घोराही तापा सडक खण्डमा चल्ने सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने केही टिप्परहरुले ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी साधन चलाउने ,त्रिपालले नछोपी हिड्ने गरेको भन्ने गुनासो आएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङबाट टिप्परका चालकहरु,चुनढुगा खानीका सरोकारवाला बिभिन्न ब्यक्तीहरु तथा टिप्पर समितिकापदाधिकारीहरु समेतलाई सो सम्वन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले बताए । ‘यो दुई महिनाको अवधिमा हामीले एक सय ११ किलो लागुऔषध बरामद गर्नुका साथै ५४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी मगरले […]

error: Content is protected !!