०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

प्रधान सेनापति प्रभुराम शर्माद्वारा भट्टलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

ABC (क्राईमबिट)                                                 काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । माघ २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनी उपरथी दर्जामा पदोन्नति भएका थिए । बिहीबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका शर्माले भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भट्टलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्त गरिएको पनि सेनाले जनाएको छ ।
सोही अवसरमा, प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका एक जना महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ४जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!