३० आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

रसुवा डिएसपी चन्द आफ्नो कार्यकाल पुरा गरेर सबैलाई धन्यवाद दिएर बिदा

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

 (सागर थापा)                                                    काठमाडौं । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले रसुवाली नागरिकको शान्ती सुरक्षा , अपराध नियंत्रण, अपराध अनुसंधान तथा दैनिक सेवा प्रवाहमा जन अपेक्षा अनुरुपको प्रहरी कार्य सम्पादन गर्नु जिल्ला कमाण्डरको उच्च प्राथमिकता को बिषय हुनेनै भयो , सोही अनुरुप आफ्नो बुद्दि बिबेक र पेशागत निष्ठा अनि ब्यवसायिक क्षमताको अधिकतम उपयोग गरि सेवा प्रवाह गरेझै लाग्छ तर जनताको पृष्ठपोषणले नै मेरो सफलता/असफलता मापन गर्नेछ। “ऐतिहासिक स्थानीय तह निर्वाचन २०७९ र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९” स्वच्छ निष्पक्ष भयरहित एबं मर्यादित रुपमा सम्पन्न गराउने नेपाल प्रहरीको अहम भुमिका रहे अनुरुप यस जिल्लाको प्रहरी प्रमुख भइ निर्वाचन सुरक्षाको महत्वपुर्ण हिस्सामा सामेल भइरहदा प्रमुख जिल्ला अधिकारी ज्युको समन्वय, सहकार्य, द्विबिधारहित स्पस्ट मार्ग निर्देशन जिल्ला सुरक्षा समितिका सदस्य हरुको(सुरक्षा निकायका प्रमुख ज्यु हरु ) सहयोग र स्नेहिल सहयात्रा , जिल्ला स्थित सक्रिय सम्पुर्ण राजनैतिक दलका प्रमुख एबं आम नागरिक हरुको उच्च राजनैतिक संस्कार र सहकार्य, सत्य सुचना सम्प्रेषणमा अहोरात्र खटिई संचारकर्मी मित्र हरुले पुर्याउनु भएको योगदानको प्रतिफल स्वरुप यी २ ओटा ऐतिहासिक निर्वाचनमा मतदाता हरुको सर्बाधिक सहभागिताका साथ सम्पन्न गारएको सफलताले गौरवको अनुभुति गराएको छ। मेरा सुपरिबेक्षण तहका कार्यालय हरु तालुक बागमति प्रदेश प्रहरी प्रमुख तथा संगठन प्रमुख ज्युको अमूल्य निर्देशन, मार्गदर्शन , मातहत प्रहरि कर्मचारी हरुको सामुहिक भावनायुक्त कार्यसम्पादन र सेवा ग्राहीआम नागरिकहरु सबैको सहयोग समन्वय र सहकार्य प्रति सदैब कृतज्ञ र आभारी रहने छु। यस गोसाइँकुण्ड भगवानको पबित्र पावन भुमिमा बसि सेवा प्रवाह गर्न पाउनु मेरो सौभाग्य हो भन्ठान्छु, देवाधिदेब महादेव को असीम कृपा र सहृदयी रसुवालि नागरीकको स्नेहिल सद्भाव प्रति नमन, भबिष्यमा पनि यस्तै माया र सद्भावको अपेक्षा गर्दै अबको नया कार्य थलो सुदुरपश्चिम प्रदेश तर्फको यात्रामा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही तापा सडक खण्डमा चल्ने सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने केही टिप्परहरुले ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी साधन चलाउने ,त्रिपालले नछोपी हिड्ने गरेको भन्ने गुनासो आएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङबाट टिप्परका चालकहरु,चुनढुगा खानीका सरोकारवाला बिभिन्न ब्यक्तीहरु तथा टिप्पर समितिकापदाधिकारीहरु समेतलाई सो सम्वन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले बताए । ‘यो दुई महिनाको अवधिमा हामीले एक सय ११ किलो लागुऔषध बरामद गर्नुका साथै ५४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी मगरले […]

जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो । मधेशमा पानी पर्न नसकेपछि त्यहाँका […]

error: Content is protected !!