१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

गैंडाको खाग तस्करी गरेको आरोपमा १५ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २६, २०७९

काठमाडौं । संगठित रुपमा गैंडाको खाग तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १५ जनालाई पक्राउ गरेको छ । चितवनमा गैंडाको शिकार गर्ने मुख्य शिकारीलाई पनि पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार गैंडा शिकारी सोम बहादुर चेपाङ उर्फ राजु पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका वडा नम्बर–९ शेरबास बस्ने ३९ वर्षका सोम बहादुरलाई माघ २५ मा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) सञ्जय सिंह थापाले बताए ।

मंसिर १८ मा चितवनको खगेडी खोलामा गैंडा मृत भेटिएको थियो । चतुरमुखी सामुदायिक बन उपभोक्ता समूह र भरतपुर महानगरपालिका–११ स्थित नव जागृति सामुदायिक बन उपभोक्ता समितिको सिमानामा भेटिएको सो गैंडा मारेर राजुको समूहले खाग काटेर लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सोमबहादुरले सो गैंडालाई गोली हानेर शिकार गरेका हुन् ।

माघ २५ मा चितवनबाट गैंडा शिकारी सोमबहादुर चेपाङ उर्फ राजु सहित पाँच जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सञ्जय सिंह थापाले जानकारी दिए । राजुसँगै पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका घर भएकी ३० वर्षीया तुलसी चेपाङ, ३९ वर्षीय बीरमान वाइबा, कालिका नगरपालिका घर भएका ३० वर्षीय राधाकृष्ण चेपाङ, भरतपुर महानगरपालिका–८ गौरिगञ्ज घर भएका ५२ वर्षीय आइत बहादुर तामाङ छन् । ‘रुट टु रुट’ अप्रेशन संचालन गरेर ब्युरोले प्रहरी निरिक्षक हिरेन्द्र रोकाया नेतृत्वको टोलीलाई चितवन पठाएको थियो ।

चितवनको खगेडी खोलाबाट तस्करी गरेको गैंडाको खाग बेच्न दुईजनाले काठमाडौंमा ‘डिल’ गरिरहेका थिए । काठमाडौं महानगरपालिका–७ स्थित सरस्वती नगरमा खाग बेच्न खोज्दा दुईजना पक्राउ परे ।

उनीहरु हुन्, झापाको भद्रपुर नगरपालिका–१० घर भएका ४५ वर्षीय ईन्द्रमणी आचार्य र बाँकेको कोहलपुर घर भएकी ४१ वर्षीया जमुना कुमारी शर्मा । जमुना र इन्द्रमणीलाई गैंडाको खाग सहित पुस १९ मा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उनीहरुले सो खाग २० लाखमा बेच्न ‘डिल’ गरेका थिए । उनीहरुको बयानको आधारमा शिकारी सहित थप १३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाल्पाको भुवनपोखरी घर भएका ६२ वर्षीय बाबुलाल भट्टराई, कैलाली मसुरियाका ६१ वर्षीय गजाधर सापकोटा उर्फ गणेश, कैलालीको घोडाघोडी नगरपालिका घर भएका ३६ वर्षीय प्रताप चौधरी छन् । माघ २० मा ब्यूरोको टोलीले भोजपुर घर भएर चाबहिल बस्ने ४५ वर्षीय डम्बर कुमार आले, गोरखा पालुङटार बस्ने दान बहादुर राना र स्याङ्जा पुतलीबजारका ४६ वर्षीय निर्मल शाहीलाई पक्राउ गरेको थियो ।

माघ २२ मा स्याङ्जाको वालिङ नगरपालिका–८ घर भएकी ३८ वर्षीया हरिमाया राना पक्राउ परिन् । माघ २४ मा चितवनको शक्तिखोरबाट ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङ पक्राउ परिन् । उनलाई चितवनको भरतपुर नगरपालिका–८ स्थित गौरिगञ्जबाट पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।२०७९ माघ ६ मा पनि नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ स्थित नारायणी नदीको उत्तरी किनारमा दुईवटा गैंडा मृत भेटिएका थिए । ती गैंडालाई विद्युतीय धरापमा पारेर मारेको पोष्टमार्टम रिपोर्टबाट खुलेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए ।

मृत दुइटा गैंडा मध्ये शिकारीले एउटाको खाग काटेर लगेका छन् । त्यसबारे अनुसन्धान भइरहेको तिवारीले बताए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र गैंडा शिकार गरेर अंग बेचेको आरोपमा ९० जना भन्दा धेरै फरार छन् ।

संगठित तस्करी

गैंडा शिकारी सोम बहादुर चेपाङले कमला तामाङ उर्फ संझनासँग मिलेर खाग बेच्ने योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ ।

सम्झनाले गैंडाको खागको तस्बिर हरिमाया रानाको मोबाइलमा पठाइन् । हरिमायाले निर्मल शाहिलाई खागको तस्बिर पठाएर ग्राहको खोजी गर्ने योजना बनाएका थिए ।

चितवनको भरतपुर महानगरपालिका–८ बस्ने सम्झना चेपाङ भन्ने कमला तामाङले बिरमान वाइबाको सहयोगमा सो खाग मंसिर १ मा काठमाडौं पठाएको थाहा भएको छ । आरोपीहरुले काठमाडौंमा खाग ल्याएर २० लाखमा बेच्नेगरी निर्मल शाहिलाई दिएका हुन् । निर्मलले सो खाग दान बहादुर राना र डम्बर बहादुर आले मगरको सहयोगमा बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीको समूहलाई दिएको प्रहरीलाई बताएका छन् ।

बाबुलाल भट्टराईको समूहले जमुना शर्मा र इन्द्रमणी आचार्यलाई दिएको अनुसन्धानबाट थाहा भएको छ ।  खाग बेच्नेदेखि गैंडा मार्नेसम्मका आरोपीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ (१) अनुसार ५ वर्षदेखि १५ वर्ष कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!