१८ साउन २०८२, आइतबार
03-08-2025 , Sun
×

दाङको चौघेरा गोरखनाथ मन्दीर भित्र गुरुकुलमा अध्यन गर्ने आवासमा आगलागी

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९

 (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका-१७ स्थित चौघेरा गोरक्ष रत्ननाथ मठको रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ४ बजे तिर गुरुकुलमा अध्यन गर्ने बटुकको आवासमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

गुरुकुलको बटुक बस्ने आवासको कोठामा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

आगलागी भएको खबर पाए लगत्तै प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रण लिएको गौतमले बताए ।आगलागीबाट बटुकको पुस्तक खाद्यान्न लत्ता कपडा सम्पूर्ण जलेर नष्ट भएका छन् । गुरुकुलमा २५ जना बटुक आवासीय अध्ययन गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुस । विज्ञहरूले यो गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्। कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातको समयमा करिब ६ किलोमिटर उचाइमा खरानी निस्किएको थियो। रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ। यसको केही घण्टापछि रूसमा अर्को ठुलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। दुवै घटना बुधबार आएको […]

दाङ । नेपाल प्रहरी श्रीमती संघको “४१ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित अम्बिकेश्वरी मन्दिर परिसर र घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया स्थित शिव पार्वती तथा राधाकृष्ण मन्दिर गुलरिया परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न ।

काठमाडौं । ललितपुर नेपाल प्रहरी श्रीमती संघको ४१ औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा र जिल्ला प्रहरी परिसर ललितपुरको सहकार्यमा जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थान मन्दिर लगनखेल परिसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रमका प्रमुख अतिथि श्री नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रुपा थापाज्यू, विशेष अतिथि जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय […]

error: Content is protected !!