२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

डिजिटल ठगी अपराधको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया छलफल

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९

ABC (क्राईमबिट) काठमाडौं । समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी परिसर, काठमाण्डौको आयोजना तथा नेपाल राष्ट्र बैंकको समन्वयमा जिल्ला प्रहरी परिसर, काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा, नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त भुक्तानी सेवा प्रदायक र मनि ट्रान्सफर संस्थाहरुसँग हाल बढ्दै गइरहेको डिजिटल ठगी अपराधको रोकथाम तथा नियन्त्रण सम्बन्धी यस जिल्ला प्रहरी परिसर काठमाण्डौ, साइवर शाखाका प्रहरी निरिक्षक सन्तोष के.सीद्वारा डिजिटल ठगी अपराधको रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको र साथै राष्ट्र बैंकका उपनिर्देशक केशवप्रसाद तिमिल्सिना र सहायक निर्देशक विनोद बजगाईज्यूले प्रस्तुतीकरण गर्नु भएको ।

उक्त कार्यक्रममा Esewa, Khalti लगायतका नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त भुक्तानी सेवा प्रदायक २५ वटा संस्थाहरु, मनि ट्रान्सफर, राष्ट्र बैंकका प्रतिनिधि, नेपाल प्रहरीसमेत गरी ४० जनाको उपस्थितिमा १६:३० बजे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]