२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरी राष्ट्रिय प्रतिष्ठानको ६७ औं बार्षिकोत्समा एसपी सुरेश काफ्ले पुरस्कृत

Logo
प्रकाशित शनिबार, माघ २८, २०७९


(सागर थापा)
काठमाडौं । नेपाल प्रहरीको ६७ औं बार्षिकोत्सव २०७९ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाले विविध खेलकुद प्रतियोगिताका विजेता/उपविजेता खेलाडीहरु र अफिसियलहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको छ ।

साथै प्रहरी प्रतिष्ठानमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई अभिलेखमा जनिने गरी नगद पुरस्कार समेत प्रदान गर्नु भयो । सोही अवसरमा प्रतिष्ठानमा कार्यरत प्र.का.स. देखि प्र.ना.नि. दर्जा सम्मका प्रहरी कर्मचारीहरुका सन्ततिहरु मध्येका उत्कृष्ट दुई जना बालबालिकाहरुलाई नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी थापाबाट छात्रवृती प्रदान गर्नु भएको थियो ।

प्रमुख अथितिज्यूबाट प्रतिष्‍ठानलाई आवश्यक विविध खेल सामाग्रीहरु प्रायोजन गर्ने केल्मी स्पोट्स प्रा.लि. र कुजु नेपाललाई सम्मान पत्र प्रदान गर्नुका साथै धन्यवाद सहित अमुल्य निर्देशन समेत व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]