२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आईजीपी सिंह नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फिर्ता

Logo
प्रकाशित आइतबार, माघ २९, २०७९

(महेन्द्र सिंह )                                                             नेपाल सयौं सदस्य राष्ट्रसमेत भएकाले सोही अवसरमा नेपाल प्रहरीले आईजीपी रनिङ शील्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा अन्य विविध कार्यक्रम आयोजना गरिने बताए।

हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई जना अधिकृतहरू सिंगापुर र लियोनमा कार्यरत रहेकाले यो नेपाल प्रहरीकै लागि गौरबको विषय भएको बताउँदै महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फलगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरूलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको बताए।

सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल-रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरूसँग भेटघाट गरेका थिए।

भेटघाटको क्रममा नेपालले इन्टरपोलको सदस्य राष्ट्रको रूपमा देखाएको सक्रियताको प्रशंसा भएको र नेपाल प्रहरीका अधिकृतहरूको क्षमता अभिवृद्धिको लागि विभिन्न तालिममा सहभागी गराउने विषयमा छलफल भएको बताए। साथै सम्मेलनको क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवं औपचारिक र अनौपचारिक छलफलसमेत निकै फलदायी भएको उनले उल्लेख गरे।

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत उक्त सम्मेलनमा सहभागी भएका थिए।

त्रिदिवसीय उक्त सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधिमण्डल तथा विभिन्न सरोकारवाला निकायहरूबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवादजस्ता अन्तरदेशीय अपराधहरूको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वयलगायतका विषयहरूमा बृहत् छलफल भएको थियो। यसअघि इन्टरपोलको २३औं एशियाली सम्मेलन सन् २०१७ मा काठमाडौंमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]