३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

गायिका एलिनाले रविलाई चिन्दिन भनेपछि रविका फ्यान खनिए आलोचना पछी दिइन स्पष्टीकरण :

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९

(ABC-Sanchar) काठमाडौं । आदरणिय दर्शक महानुभावहर नमस्कार आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको कारण छु । पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ ।

उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि थिएं । रबि दाइ एक कुशल पत्रकार , समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं ।

मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन । टिकटिक तिर सानो clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं । भावनामा बगेर भन्दापनि कृपया पुरा interview हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला 🙏 एक पटक आंखा चिम्म गरेर सोच्नु त
? मैले त्यसरि गालि गर्नुपर्ने केहि गरेकि छु र? म हजुर हरुकै छोरि चेलि दिदि बहिनि हो त्यसैले त्यति तल झरेर गालि नगरिदिनुहोला ।

मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन । तरपनि मेरो कुराले कसैको भावनामा आंच पुगेको भए माफि चाहान्छु ।🙏🙏🙏

तपाइंहरुकि प्रिय गायिका
एलिना चौहान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नको लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू […]

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]

error: Content is protected !!