२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ठाकुर राम बहुमुखी क्याम्पसमा नेबि संघको सदस्यता बितरण कार्यक्रम

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९

(बिदुर एमसी)                                                                पर्सा । ठाकुर राम बहुमुखी क्याम्पसमा ने.बि.संघ इकाई समितीले सदस्यता वितरणको कार्यक्रम गरेका छन। ने.बि.संघ केन्द्रबाट आएका केन्द्रिय प्रतिनिधि सुरज सेजुवाल र अशोक बिस्टको उपस्थितिमा सदस्यता वितरण गरिएको छ।उक्त सदस्यता बितरण कार्यक्रममा करिब १००० भन्दा बढीले सदस्यता लिएका छ्न।

सदस्यता वितरण कार्यक्रममा बोल्दै केन्द्रिय प्रतिनिधि सुरज सेजुवालले पर्सा जिल्लाका ने.वि.संघका कार्यक्रयता धेरै सक्रिय रहेका छन्।नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसंघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका केन्द्रिय प्रतिनिधि सुरज सेजुवालले जानकारी दिए।

त्यस्तै आज ठाकुर राम बहुमुखी क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा केन्द्रिय प्रतिनिधि अशोक बिस्टले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकूल बनाएर मस्यौदा तयार भइरहेको बताएका छन। ने.वि.संघको केन्द्रिय प्रतिनिधि सुरज सेजुवालको हातबाट सदस्यता ग्रहण गर्दै राहुल कुमार गुप्ताले ठाकुर राम बहुमुखी क्याम्पसमा ने..बि.संघलाई जिताउन कम्मर कसेर लाग्ने बताए । सदस्यता वितरण गर्ने मा ठा.रा.ब.क्याम्पसका पुर्ब स्ववियु निर्वाचित सदस्य धर्मराज यादव,फिरोज अन्सारी,युसुफ अहमद रहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]