२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

माओवादीले मलाई यूज एण्ड थ्रो’ गरेको भन्दै पुर्वमन्त्री विमला वलीद्वारा राजीनामा

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९

(केभी निस्चल)
दाङ । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टी छाडेकी छन् । शंकर पोखरेल नेतृत्वको सरकारका पालादेखि नै विवादमा पर्दै आएकी वलीले अहिले भने माओवादी त्यागेको घोषणा गरेकी हुन् ।
उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन् । वलीले राजीना पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्-´मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।`
श्रीमान्‌को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ । .
एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो । उनी दाङ ३ ´ख` बाट निर्वाचित भएकी थिइन् । नेकपा विघटनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।
उनले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । त्यसपछि माओवादी नेतृत्वमा सरकार बन्यो । कुलबहादुर केसी मुख्यमन्त्री बनेको केही दिनमा विमला र उनका प्रेमी एकराज बस्नेतको चुम्बन गरेको तस्बिर सार्वजनिक भएको थियो ।
एमाले छाडेर माओवादी रोजेकी उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो । प्रेमीको घरमै गएर श्रीमती कुटेपछी माओवादीले उनलाई राजीनामा गराएको थियो । राजीनामा गराएपछि उनी माओवादीसँग असन्तुष्ट थिइन् ।
उनले राजीनामा पत्रमा माओवादीले ठूला अपराधमा संलग्न भएकालाई संरक्षण गरेपनि आफूले सापट दिएको रकम माग्दा राजीनामा गराएको भन्दै असन्तुष्टिसमेत जनाएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]