०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

नेपालदेखि थाइल्याण्ड चरेस तस्करी

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०२, २०७९

ABC (क्राईमबिट)                                                     औरही गाउँपालिकाका ४५ वर्षका जाकिर नदाफलाई धनुषाबाट पक्राउ गरेको थियो। नेपाल प्रहरीले माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट लाक्पा शेर्पासँग लागुऔषध एम्पुल खरिद गर्दै आएका जिल्ला काभ्रेपलाञ्चोक भुम्लु ४ का २४ वर्षका दीपक तामाङलाई ६ हजार रुपैयाँसहित पक्राउ गरेको र माघ २७ गते नै काठमाडौं महानगरपालिका वडा नम्बर २२ काठमाडौं मलबाट लाक्पा शेर्पासँग लागुऔषध एम्पुल खरिद गर्दै आएका नुवाकोट शिवपुरी ८ का २९ वर्षका लक्ष्मण बखतीलाई ६ हजार नगदसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताए।

त्यस्तै लागुऔषध खैरो हेरोइन ३९ ग्राम र डिजिटल तराजु थान १ सहित २ जना भारतीय व्यक्ति पक्राउ परेका हुन्। उनका अनुसार काघ २७ गते कामनपा ९ सिनामंगलस्थित एक होटलबाट मोरङ लेटाङ नगरपालिका २ का ३४ वर्षका रोशन रिसाललाई लागुऔषध खैरो हेराइन १ ग्राम र डिजिटल तराजु थानसहित पक्राउ गरिएको हो। त्यस्तै थप अनुसन्धानको सिलसिलामा रोशन रिसालको साथबाट लागुऔषध खैरो हेराइन बिक्री गरेका मोरङ केराबारी गाउँपालिका ३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं ३२ कोटेश्वरबाट लागुऔषध खैरो हेराइन ३८ ग्रामसहित पक्राउ गरी सार्वजनिक गरिएको छ।

त्यस्तै माघ २९ गते कामनपा ३२ कोटेश्वरस्थित एक होटलबाट भारतको बिहार राज्य मधुवनी जिल्ला जयनगर, हथलेटेवा ४ का भारतीय नागरिक ३२ वर्षीय श्रवणकुमार महरालाई लागुऔषध खैरो हेरोइन १२ ग्राम, डिजिटल तराजु १ थान र नगद ६ हजार रुपैयाँसहित पक्राउ गरिएको उनले बताए। उनले बरामद लागुऔषध एम्पुलको बजार मूल्य प्रतिएम्पुल १६८ रुपैयाँका दरले २० हजार ३ सय एक्पुलको ३४ लाख १० हजार ४ सय रहेको बताए।

त्यस्तै बरामद लागुऔषध नाइट्राभेट ट्याब्लेटको बजार मूल्य प्रतिट्याब्लेट ३० रुपैयाँका दरले १२ हजार ९ सय ५० ट्याब्लेटको ३ लाख ८८ हजार ५ सय रहेको छ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!