०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

बालाजुमा प्रहरीको गाडी र अस्थायी बिट आगजनीमा संलग्न ६ जना प्रकाउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०३, २०७९

ABC (क्राईमबिट)                                                           । काठमाडौंको बालाजुस्थित माजापोखरीमा प्रहरीको गाडी, प्रहररुी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै अभियुक्तहरुलाई सार्वजनिक गरेका हो । विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरीएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुर बलमता गाउँपालिका वडा नं. २ घर भई हाल तार्केश्वर मनमैजु बस्ने वर्ष ४० का बिक्रम राई, जिल्ला नुवाकोट पञ्चकन्या ३ घर भई हाल टोखा बानियाटार बस्ने वर्ष ३० का रामहरी भण्डारी, लमजुङ वेशीशहर घर भई हाल तार्केश्वर बस्ने वर्ष २३ का विवेक श्रेष्ठ रहेका छन् ।

त्यस्तै काभ्रेपलान्चोक मानेडाडाँ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ३१ का राजेश तामाङ, प्युठान कडी घर भई हाल गोंगवु बस्ने वर्ष १८ का दिपेन्द्र पुन मगर र
काभ्रेपलान्चोक भुम्लु घर भई हाल गंगाहल बस्ने वर्ष २० का आशिष खड्का रहेका छन् ।

नियन्त्रणमा लिईएका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौ जिल्ला अदालतबा तीन दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!