११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

DIG राईद्वारा लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा स्टलहरुको अबलोकन

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०४, २०७९


(‍‍‍सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा जिल्ला दाङ,राप्ति गाँउपालिका वडा नं ३ श्रीचौर मौदानमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले स्टल खडा गरि सामाजिक बिकृती बिसंगती बिरुद्ध लैंगिक हिंसा न्यूनिकरण, बालबिबाह न्यूनिकरण, बालबालिकाका लागि सुरक्षित ईन्टरनेट प्रयोग,सवारी दुर्घटना न्यूनिकरण, लागुऔषध नियन्त्रण लगायतका बिषयमा पर्चा पम्पलेट बितरण गर्नुका साथै LED TV मार्फत सचेतनामूलक श्रव्यदृश्य सामाग्रीहरु प्रसारण गरियो । उक्त स्टलमा माननिय प्रदेश प्रमुख अमिक शेरचन, माननिय मुख्यमन्त्री लिला गिरी, बिभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरु लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रमुख डिआईजी टेक प्रसाद राई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वली लगायत अन्दाजी ४०० जनाले अवलोकन गर्नुभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!