०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

DIG राईद्वारा लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा स्टलहरुको अबलोकन

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०४, २०७९


(‍‍‍सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा जिल्ला दाङ,राप्ति गाँउपालिका वडा नं ३ श्रीचौर मौदानमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले स्टल खडा गरि सामाजिक बिकृती बिसंगती बिरुद्ध लैंगिक हिंसा न्यूनिकरण, बालबिबाह न्यूनिकरण, बालबालिकाका लागि सुरक्षित ईन्टरनेट प्रयोग,सवारी दुर्घटना न्यूनिकरण, लागुऔषध नियन्त्रण लगायतका बिषयमा पर्चा पम्पलेट बितरण गर्नुका साथै LED TV मार्फत सचेतनामूलक श्रव्यदृश्य सामाग्रीहरु प्रसारण गरियो । उक्त स्टलमा माननिय प्रदेश प्रमुख अमिक शेरचन, माननिय मुख्यमन्त्री लिला गिरी, बिभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरु लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रमुख डिआईजी टेक प्रसाद राई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वली लगायत अन्दाजी ४०० जनाले अवलोकन गर्नुभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!