३० आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

भिडियो कन्फरेन्स मार्फत शान्ति सुरक्षा थप चुष्तदुरुष्त बनाउन डिआईजी राई निर्देशन

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०४, २०७९


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल तथा अन्तरक्रिया एवं निर्देशन गर्नु भयो ।
प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गरी लुम्बिनी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई थप चुष्तदुरुष्त बनाउन साथै यस कार्यालयले निर्माण गरेको सीमा तस्करी नियन्त्रण सम्बन्धी कार्य योजना २०७९, फैसला कार्यान्वयन कार्य योजना २०७९, लागू औषध नियन्त्रण कार्य योजना २०७९, आत्महत्या अपराध नियन्त्रण कार्य योजना २०७९ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले निर्माण गरेको सड्क दुर्घटना न्यूनिकरण सम्बन्धी कार्य योजना प्रदेश प्रहरी प्रमुख राईद्वारा उक्त भिडियो कन्फरेन्स मार्फत कार्यान्वयनमा ल्याईयो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँके, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासी पश्चिम लगायत १२ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालय अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरु लगायतका विषयमा प्रहरी नायव महानिरीक्षक राईलाई जानकारी गराउनु भएको थियो ।
भिडियो कन्फरेन्समा सहभागी प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक राईले समयानुसार आईपर्ने जस्तोसुकै विषम परिस्थितिहरुको सामना गर्न प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने बताउँदै जिल्लाहरुमा हुनसक्ने सम्भावित घटनाहरुलाई रोक्न अन्य सरोकारवाला निकायहरुसंग समन्वय गर्दै आवश्यक श्रोत साधन र पर्याप्त मात्रामा प्रहरी जनशक्ति परिचालन गर्न समेत निर्देशन गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मेष-बौद्धिक काममा सफलता मिल्नेछ। विश्लेषण, लेखन वा अध्ययनमा प्रगति देखिनेछ। कार्यक्षेत्रमा सुधार आउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। यात्रामा लाभ मिल्ने संकेत। वृष-खर्च बढ्नेछ। सन्तान वा प्रेम सम्बन्धमा असमझदारी आउन सक्छ। मनोरञ्जनतर्फ आकर्षण हुनेछ। रमाइलोमा समय बित्न सक्छ, तर अनुशासन आवश्यक छ। मिथुन-पारिवारिक जिम्मेवारी बढ्नेछ। घरको विषयमा गम्भीर सोच आवश्यक देखिन्छ। घरायसी विषयमा हल्का तनाव आउन […]

एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा बाटोमै ज्यान गयो उदयपुर । त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आइतबार बाटोमै ज्यान गएको छ। प्रसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो। सुत्केरी व्यथा लागेपनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए। उनको अस्पताल ल्याउनुअघि नै बाटोमै […]

दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका, कार्यालय प्रमुख प्र.नि.उपेन्द्र बहादुर बम ज्यूबाट यस कार्यालय तथा मातहत पोष्ट ईन्चार्जहरु समेतलाई सेवाग्रहीहरुसँग शिष्ट,सभ्य नम्र ब्यवहार गर्नुका साथै बर्षातका कारणबाट हुनसक्ने बिभिन्न प्रकारका सवारी दुर्धटनाका बारेमा सचेतना कार्यक्रमहरु प्रभावकारी रुपले संचालन गर्ने, ट्राफिक ब्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि बिशेष रुपले परिचालन हुन भनि निर्देशन दिनु भएको।

error: Content is protected !!