२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंज भन्सार सशस्त्र इन्सपेक्टर रबिन्द्र भट्टकोे आतंक भिडियो खिच्ने पत्रकारलाई लछारपछार किन?

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिका वार्ड नं १६ मा रहेको नेपाल र भारतकाे पहिलो नाका वीरगञ्ज भंसार कार्यालय अगाडि सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार बि.ओ.पी चेक पोस्टको कमाण्ड सम्हाल्दै आएका सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टकोे कमाण्डमा खटिएका सशस्त्र प्रहरी टोली र इन्सपेक्टर भट्टकोे चर्ती कला यस्तो छ । रिपोर्टिङकोे क्रममा चेक पोस्ट देखी २० मिटर पछाडि बसेर मोबाइल चलाई रहेको बेला पर्सा जिल्लाका एबीसी संचारकर्मी रवि बर्णवाललाई फाल्गुन ३ गते बिहान् १० बजे तिर २ जना ड्युटीमा खटिने शसस्त्र प्रहरीका वरिष्ठ हवल्दार र जवान सहित इन्सपेक्टर रविन्द्र भट्टले एकासी आएर त यहाँ किन आइस् तँलाई था छैन् यहाँ कुनै पनि पत्रकारलाई उभिन् पाईन्न भन्दै तिनै जवान लगाई कलर समाती पुरै अपराधी शैलीमा गर्ने बर्ताव गरी घसार्दै बिरगंज भन्सार सशस्त्र प्रहरी बल बि. ओ. पी मा भित्र लगेर गाली गलौज मुख छाड्दै लाठीले घोच्याई पत्र बनाई फसाई दिन्छु भन्दै बल जबर्जस्ती घिच तान समेत गरेका छन्। र मोबाइल फोन समेत खोसेर भिडियो र फोटो क्लिप्स तस्वीरहरु डिलेट गरेका छन्। र आइन्दा कुनै पनि पत्रकार बिरगंज भन्सार नजीक वरी परी न घुम्न समेत नदिने भनी। थर्काए पछि एउटा रजिष्टरमा भरपाई बनाई जबरजस्ती गाली गलौज। र ड्युटीमा डिस्टर्ब गरेकाे भन्दै पत्र बनाई। सहि छाप गरी। पुन छाडेका थिए। लगत्तै बाहिर आए पछी २/४ जना पत्रकार समक्ष गुनासो समेत भिडियोमा गरेका थिए। सशस्त्र प्रहरी बल भन्सार सशस्त्र प्रहरीको व्यबहार देखेर पैदल यात्रीहरु समेत बिरोध गरेका थिए सिसि क्यामरा हुदाहुदै किन भिडियो चिच्ने बेला डराएको भन्दै सशस्त्र प्रहरीलाई सवाल जवाफ गरे पछी सशस्त्र प्रहरी गएका थिए । यस विषयमा सशस्त्र प्रहरी बल नेपाल न. १३ गणका गणपति एसपी सुमन थपलियालाई जानकारी लिदा । पत्रकारलाई रिपोर्टिङ गर्ने अधिकार छ हाम्रो सशस्त्र प्रहरी बाट त्यस्तो व्यवहार गर्नु नहुने तर त्यसको प्रमाण भए कार्वाही गर्ने बताएका छन् । यता यस विषयमा सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं. २ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक (डिआईजी) गणेश ठाडा मगरलाई जानकारी गराउँदा त्यस्ता घृणित हर्कत गर्ने कर्मचारीलाई। संगठनको नियम अनुसार कार्वाही गर्ने बताएका छन् पटकपटक सशस्त्र प्रहरी बल भन्सार बिओपी इन्स्पेकटर रबिन्द्र भट्टको धेरै पटक गुनासो पनि आएको बताए प्रहरी निरीक्षक भट्टले पत्रकार माथि दुव्र्यवहार र लछारपछार गरेको र भिडियो फोटो खिच्न सशस्त्र प्रहरीलाई आदेश दिएको प्रमाण भए कार्वाही गर्ने प्रतिबद्धता जनाए । यता भिडियो क्लिप्स बिरगंज भन्सारले जडान गरिएको सी सी टी भी फुटेजमा कैद रहेको छ। र त्यो विडीओ क्लिप्स भन्सार चिफले आफु नदिने प्रतिबद्धता जनाएका छन्। सूचनाको हक अनुसार भिडियो प्राप्त गर्ने अधिकार आम नागरिकलाई छ । कसैले सूचनाको हक अनुसार सूचना माग गर्छ भने दिने पर्छ सूचना न दिने कर्मचारी र हाकिमलाई समेत सूचना आयोगले कार्वाही समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।