०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

उच्च प्रहरी अधिकृतका गोप्य कागजात सार्वजनिक पछि प्रहरीहरुमाथि छानबिन सुरु

Logo
प्रकाशित बिहिबार, फाल्गुण ११, २०७९

ABC (क्राईमबिट)                                                काठमाडौँ । उच्च प्रहरी अधिकृतका व्यक्तिगत विवरणसम्बन्धी कागजात बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन थालेको छ।

गोप्य कागजात बाहिर आएको भन्दै प्रधान कार्यालय नक्सालले छानबिन सुरु गरेको हो।

उमेर विवादका कारण डिआइजी अशोक सिंहले बुधबार राजीनामा बुझाएका थिए। उनीलगायत उच्च अधिकृतको उमेर र रोलक्रम सहितको कागजात बाहिर आएको भन्दै कार्यालयले छानबिन थालेको हो।

प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले गोप्य कागजात बाहिर आएकाले छानबिन गरिएको बताए।

‘गोप्य कागजात बाहिर आएपछि छानबिन हुनु स्वभाविक हो। गोपनीयता भङ्ग गर्न मिल्दैन। यसलाई सामान्य रूपमा लिनुपर्छ बताए ।

कर्मचारी प्रशासन शाखाबाट उक्त कागजात बाहिरिएको भन्दै त्यहाँका प्रहरीमाथि छानबिन गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!