०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

दाङ उबासंघले राप्ती सुपर मार्केटमा लगाएको ताला प्रहरीले खोलेयो

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९


(ABC-Sanchar)
दाङ । घोराहीको राप्ती सुपर मार्केटमा दाङ जिल्ला उद्योग वाणिज्य संघले लगाएको ताला प्रहरीले फोडेको छ । दाङ जिल्ला अदालतले पसल सन्चालन गर्नका निमित्त कुनै खालको कानुन बिपरितको अबरोध नगर्न अन्तरिम आदेश दिएपछि प्रहरीको उपस्थितिमा पसलमा लगाईएको ताला फोडिएको हो । वडा प्रहरी घोराहीका प्रहरी निरिक्षकको उपस्थितिमा पसल सन्चालक गणेश दाहालले अदालतको अन्तरिम आदेश बमोजिम ताला तोडेका हुन । घोराहीका ब्यवसायि विष्णुप्रसाद सुवेदिले सुपर मार्केट घोराही निवासि दाहाललाई कानुनिरुपमा विक्री गरेका थिए । ब्यवसायिहरुले सुवेदिले दिनुपर्ने सप्लार्यलाई पैसा नदिएको भन्दै गुनासो गरेपछि उवासंघको नेतृत्वमा पुगेको ब्यवसायिको टोलिले ताला लगाएको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकिले सुपर मार्केटमा ताला लगाई दिएका हुन् । ब्यवसायिले आफुहरुले पसलमा दिएको सामानको पैसा पाउनुपर्ने भन्दै उवासंघलाई गुहारेका थिए । सुवेदि पसल विक्री गरेर सम्पर्कमा नआएपछि ब्यवसायि पसल घेर्न पुगेका हुन् । सुवेदिसंग ठुलो रकम लिनुपर्ने विभिन्न ब्यक्तिहरुले गुनासो गर्दे आएका छन् । सुवेदि नेकपा एमालेवाट घोराही १५ को वडा अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । ब्यवसायिहरुको समस्याका वारेमा उवासंघले पहल गर्ने आश्वासन दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!