२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

नेम्वाङले दिए राष्ट्रपतिका लागि उम्मेदवारी

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

ABC (क्राईमबिट)                                                   राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नम्वाङले मनोनयपत्र दर्ता गरेका छन्।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले दर्ता गरेका हुन्।

ओलीसहित ५ जना प्रस्तावक र योगेशसहित ५ जना समर्थनमा नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दिनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ, एमाले सचिव योगेश भट्टराई, जुली महतो कार्यालय पुगेका थिए।

यसअघि एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका उनी पूर्वसभामुख पनि हुन्।

२०५६ सालदेखि इलामबाट लगातार निर्वाचन जितेका नेम्वाङ चार पटक सभामुख भइसकेका छन्। दुइटै संविधान सभामा उनी अध्यक्ष थिए। उनी २०५१ सालमा एमाले नेतृत्वको सरकारमा कानूनमन्त्री बनेका थिए।

२०४८ सालपछि २ कार्यकाल राष्ट्रिय सभा र २०५६ देखि निरन्तर प्रतिनिधि सभामा रहेका नेम्वाङ एमालेभित्र सबभन्दा बढी संसदीय अनुभव भएका नेता हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!