०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

झापाबाट ३ दिनदेखि हराइकी बालिका काठमाडौंबाट उद्धार

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

ABC (क्राईमबिट)                                                     झापा । तीनदेखि हराइरहेकी मेचीनगर ११ की १३ वर्षीया बालिकाको शनिबार प्रहरीले काठमाडौँबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती बालिकालाई अहिले काठमाडौँको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको छ ।

सामाजिक सञ्जाल स्थानीय बलभद्र माध्यमिक विद्यालयमा अध्ययनरत बालिका तीन दिनअघि विद्यालयबाट घर नफर्किएपछि उनको खोजी भइरहेको थियो । धुलाबारी इलाका प्रहरी कार्यालयमा बालिकाकी आमाले खोजतलासका लागि निवेदन दिएकी थिइन् ।

एक चिनियाँ नागरिकले बालिकालाई साथमा राखेको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो । ती चिनियाँ नागरिकले सातदोबाटो प्रहरी वृत्तमा बालिकासहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

‘बालिकाको सुरक्षित उद्धार गरिएको छ’, सूचना अधिकारी रिजालले भने । चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!