०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

झापाबाट ३ दिनदेखि हराइकी बालिका काठमाडौंबाट उद्धार

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

ABC (क्राईमबिट)                                                     झापा । तीनदेखि हराइरहेकी मेचीनगर ११ की १३ वर्षीया बालिकाको शनिबार प्रहरीले काठमाडौँबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती बालिकालाई अहिले काठमाडौँको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको छ ।

सामाजिक सञ्जाल स्थानीय बलभद्र माध्यमिक विद्यालयमा अध्ययनरत बालिका तीन दिनअघि विद्यालयबाट घर नफर्किएपछि उनको खोजी भइरहेको थियो । धुलाबारी इलाका प्रहरी कार्यालयमा बालिकाकी आमाले खोजतलासका लागि निवेदन दिएकी थिइन् ।

एक चिनियाँ नागरिकले बालिकालाई साथमा राखेको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो । ती चिनियाँ नागरिकले सातदोबाटो प्रहरी वृत्तमा बालिकासहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

‘बालिकाको सुरक्षित उद्धार गरिएको छ’, सूचना अधिकारी रिजालले भने । चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नारायणघात । चितवनमा जारी रास्वपा महाधिवेशन र प्रधानमन्त्रीको भ्रमणका कारण बढेको भीडभाड, ट्राफिक र समसामयिक सुरक्षा अवस्थाबारे फिल्डबाटै जानकारी लिनुभयो सुरक्षा व्यवस्थापन*: भिभिआइपी सुरक्षादेखि सर्वसाधारणको आवतजावतसम्मलाई कसरी सहज र सुरक्षित बनाउने भन्ने योजना समीक्षा गरियो प्रहरी अधिकृतहरूसँग छलफल*: जिल्ला प्रहरी कार्यालय चितवनका एसपी, डिएसपी लगायत फिल्डमा खटिएका अधिकृतहरूसँग बस्नुभयो निर्देशन*: सुरक्षा व्यवस्थापनलाई *थप प्रभावकारी, उत्तरदायी […]

बाँके । नेपालगन्ज आसपासको सीमावर्ती क्षेत्र र भित्री बजारमा छापा मार्दा सामान भन्सार नतिरी ल्याइएको इलेक्ट्रोनिक्स, कपडा, सौन्दर्य प्रसाधन, किराना लगायतका वस्तु लाखौं मुल्यको समानहरु कारबाहीको लागि बरामद सामानलाई भन्सार कार्यालय नेपालगन्जमा बुझाएर थप अनुसन्धान अघि बढाइएको छ । बाँकेको खजुरा, जानकी गाउँपालिका क्षेत्र भारतसँग जोडिएका धेरै नाकामा प्रहरीले चेकजाँच कडा पारेको छ । बाँके […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

error: Content is protected !!