२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखाको सानो भवन निर्माण गर्ने छु : पर्यटन मन्त्री यादव

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु वि.क. चयन भएका छन् । आज शनिबार तौलिहवामा भएको दोस्रो अधिवेशनबाट वि.क.अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

जसको महिला उपाध्यक्षमा दिपिका वि.क., उपाध्यक्षमा धनिराम कोरी, सचिवमा सागर वि.क., कोषाध्यक्षमा राज कुमार चमार र सहसचिवमा जेसराज वि.क. चयन भएका छन् भने सदस्यहरुमा अंशु ढकाल वि.क., प्रमोद हरिजन र सेम्ला वि.क. चयन भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मा लुम्बिनी प्रदेश सरकार उधोग यातायात तथा पर्यटन मन्त्री जनकी प्रसाद यादवले राष्ट्रिय दलित पत्रकार संघ शाखा कपिलवस्तुलाई भवन निर्माणका लागि बजेट बिनियोजन गर्ने बताउनु भएको छ । मन्त्री यादवले भने कि मन्त्री पदमा भए या नभए पनि अाफ्नाे संसदीय काेष बाट भवन निर्माण गर्न काे लागि बजेट दिन्छु । यस्तै कृष्णनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सतिस निगमले पनि भवन निर्माण कार्यको लागि जग्गा ब्यावस्थापन गर्ने बताउनुभयो।

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेको छ । अधिवेशनमा पत्रकार, कलाकार, अधिकारकर्मीहरुलाई लगायतलाई सम्मान गरेको हो । विषे नगर्ची पुरस्कारबाट नगद रु.१० हजारसहित राम बहादुर गन्दर्व, उदयमान पत्रकारीता पुरस्कारबाट दिपिका सुनार नगद रु.८ हजार र समावेशी पत्रकारीता पुरस्कारबाट नगद रु.५ हजार सहित खगप्रसाद चापागाई र शनिउल्लाह मुसलमान सम्मानित भएका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अनुशासन विभागका सदस्य समेत रहेका हित खगप्रसाद चापागाइले आफुले प्राप्त गरेको सम्मान रकममा ५ हजार थप गरि ब्रेन ट्युमरबाट पिडित अग्रज पत्रकार शितल आचार्यलाई नगद रु. १० हजार सहयोगको घोषणा समेत गरेका छन् । यस्तै दलित अधिकारकर्मी, कलाकार, वडाध्यक्ष लगायतलाई समेत सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादव, विशिष्ट अतिथि राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडी, केन्द्रिय सचिव रिता बुढाथोकी, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार लगातयतले सम्मान पत्रसहित सम्मान गरेका हुन् ।

नवनिर्वाचित कार्यसमतिले अब जिल्लामा दलित पत्रकारलाई एकतावद्ध गराई दलित समुदायका मुद्धालाई शसक्त रुपमा उठान गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष शम्भु वि.क.ले बताए ।आफ्नो कार्यकालमा आफ्नै भवान निर्माण गर्ने बि.क.ले बताउ नुभएका छन् । उनका अनुसार यही फागुन २० गते गोरुसिंगेमा बैठक बस्ने निर्णय समेत भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।