०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

प्रधानमन्त्री पुष्पकमल दाहाल र सन्दीप लामिछानेलाई हात मिलाएर बधाई दिए

Logo
प्रकाशित आइतबार, फाल्गुण १४, २०७९


(ABC-Sanchar)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्रिकेटर सन्दीप लामिछानेले हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । परिषद्का तर्फबाट सदस्यसचिव टंकलाल घिसिङले जारी गरेको विज्ञप्तिमा टीमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरी भएको प्रचारप्रति दुःख व्यक्त गरेका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरी खेलाइएका खेलाडी सन्दीप लामिछानेसँग राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्रीज्यूले हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दिपलाई मात्र प्रधानमन्त्रीज्यूले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरी भएको प्रचारप्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘क्रिकेटमा ऐतिहासिक सफलता पाएको टीमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरी भएको प्रचार प्रति खेलकुद परिषद् दुःख व्यक्त गर्दछ ।’ नेपाली खेलाडीहरूलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको सदाशयताप्रति परिषद्ले आभार पनि व्यक्त गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा नेपालले इतिहास रच्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ । खेलाडीहरूले गरेको मेहनतको उच्च सम्मान गर्नु सबै नेपालीको कर्तव्य भएको भन्दै विज्ञप्तिमा यही क्रममा नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीले नेपाली टिमलाई धन्यवाद तथा बधाई ज्ञापनका लागि आमन्त्रण गरेको उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!