२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

डिआइजी ज्ञवालीको स्पष्टोक्ति नागरिकता र शैक्षिक प्रमाणपत्र जन्ममिति फरक छैन भ्रामक सूचना फैलायो

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९


(सागर थापा)
काठमाडौँ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्र एउटै रहेको स्पष्ट पारेका छन् । नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण आइरहेका बेला डिआइजी ज्ञवालीले भने नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रको जन्ममिति एउटै रहेको स्ष्ट पारेका हुन् ।

‘प्रहरी सेवामा प्रवेश गर्दा नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिति छैन,’ उनले भने,’ विद्यालयको प्रमाणपत्रका आधारमा नागरिकता बनाइएको छ । फरक जन्ममिति लिएर कुनै पनि सरकारी निकायमा आफ्नो प्रमाणपत्र पेश भएको छैन । नागरिकताको प्रमाणपत्रमा उमेर वर्ष उल्लेख गरिएको प्रहरी नायव महानिरीक्षक ज्ञवालीले बताए । उनले अगाडि थपे जुन बेला नागरिकता दिइन्थ्यो त्यस समयमा उमेरको वर्ष मात्र उल्लेख गरेर नेपाली कागजमा नागरिकता दिइन्थ्यो । तत्कालीन राज्यव्यवस्थाले दिने नै त्यही खालको नागरिकता थियो ।‘

नागरिकता जारी गरेको मितिलाई लिएर विषयलाई मुद्दा बनाएको उनको भनाइ छ । भ्रामक सूचना फैलाएर प्रहरी संगठन र कर्मचारीप्रति नराम्रो छाप पार्न खोजिएको उनले बताए ।

नागरिकता लिने समयमा परीक्षा नियन्त्रण कार्यालयमा भर्न लगिएको फारममा उक्त मिति उल्लेख गरिएको ज्ञवालीको भनाइ छ । उनी भन्छन्,’ मेरो नागरिकता भन्दा पनि विद्यालयले दिने प्रमाणपत्र जेठो छ । प्रमाणपत्रमा वर्षमात्र उल्लेख गरिएको हुन्छ । प्रमाणपत्रमा जारी मिति लेखिएको हुन्छ र त्यसैलाई अहिले जन्ममिति मानिएको मानेर गलत सूचना प्रवाह भइरहेको छ ।‘

गलत सूचना प्रवाह गरेर आम नागरिकमा भ्रम फैलाउन खोजेको ज्ञवालीले आरोप लगाए । सत्यतथ्य निष्पक्ष छानबिन गरेमा राज्यलाई सधैँ सहयोग गर्ने उनको भनाइ छ । बिना प्रमाण र तथ्य नबुझी बाहिर भ्रम फैलाउन हुँदैन,आफ्नो बारेमा आएको कुरालाई लिएर उनले भने ।
प्रहरी कर्मचारीको नियमावलीमा ​’प्रहरी सेवामा रहेका कुनै पनि अधिकारीको ‘प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा’ हुने उल्लेख छ ।

‘तर, यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) जन्ममिति कायम गरिनेछ, नियमालीमा भनिएको छ । इ काजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

error: Content is protected !!