२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

डिआइजी ज्ञवालीको स्पष्टोक्ति नागरिकता र शैक्षिक प्रमाणपत्र जन्ममिति फरक छैन भ्रामक सूचना फैलायो

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९


(सागर थापा)
काठमाडौँ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्र एउटै रहेको स्पष्ट पारेका छन् । नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण आइरहेका बेला डिआइजी ज्ञवालीले भने नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रको जन्ममिति एउटै रहेको स्ष्ट पारेका हुन् ।

‘प्रहरी सेवामा प्रवेश गर्दा नागरिकताको जन्ममिति र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिति छैन,’ उनले भने,’ विद्यालयको प्रमाणपत्रका आधारमा नागरिकता बनाइएको छ । फरक जन्ममिति लिएर कुनै पनि सरकारी निकायमा आफ्नो प्रमाणपत्र पेश भएको छैन । नागरिकताको प्रमाणपत्रमा उमेर वर्ष उल्लेख गरिएको प्रहरी नायव महानिरीक्षक ज्ञवालीले बताए । उनले अगाडि थपे जुन बेला नागरिकता दिइन्थ्यो त्यस समयमा उमेरको वर्ष मात्र उल्लेख गरेर नेपाली कागजमा नागरिकता दिइन्थ्यो । तत्कालीन राज्यव्यवस्थाले दिने नै त्यही खालको नागरिकता थियो ।‘

नागरिकता जारी गरेको मितिलाई लिएर विषयलाई मुद्दा बनाएको उनको भनाइ छ । भ्रामक सूचना फैलाएर प्रहरी संगठन र कर्मचारीप्रति नराम्रो छाप पार्न खोजिएको उनले बताए ।

नागरिकता लिने समयमा परीक्षा नियन्त्रण कार्यालयमा भर्न लगिएको फारममा उक्त मिति उल्लेख गरिएको ज्ञवालीको भनाइ छ । उनी भन्छन्,’ मेरो नागरिकता भन्दा पनि विद्यालयले दिने प्रमाणपत्र जेठो छ । प्रमाणपत्रमा वर्षमात्र उल्लेख गरिएको हुन्छ । प्रमाणपत्रमा जारी मिति लेखिएको हुन्छ र त्यसैलाई अहिले जन्ममिति मानिएको मानेर गलत सूचना प्रवाह भइरहेको छ ।‘

गलत सूचना प्रवाह गरेर आम नागरिकमा भ्रम फैलाउन खोजेको ज्ञवालीले आरोप लगाए । सत्यतथ्य निष्पक्ष छानबिन गरेमा राज्यलाई सधैँ सहयोग गर्ने उनको भनाइ छ । बिना प्रमाण र तथ्य नबुझी बाहिर भ्रम फैलाउन हुँदैन,आफ्नो बारेमा आएको कुरालाई लिएर उनले भने ।
प्रहरी कर्मचारीको नियमावलीमा ​’प्रहरी सेवामा रहेका कुनै पनि अधिकारीको ‘प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा’ हुने उल्लेख छ ।

‘तर, यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) जन्ममिति कायम गरिनेछ, नियमालीमा भनिएको छ । इ काजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]