२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ठगी गर्ने दुई जना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९

ABC (क्राईमबिट)                                                    युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य घर भइ हाल काठमाडौँको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियार रहेका छन्    उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाउँदै ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले उनीहरुले आफू मलेसियाको नागरिक भएको र हाल युकेमा डेन्टिस डाक्टर पेशा गर्ने भन्दै पीडितहरुलाई प्रभाव पार्ने गरेका थिए । पीडितहरुलाई सुनिता परियारको नाममा तेइस लाख  बराबरको  रकम पठाउन लगाइ अनलाईन मार्फत ठगी गरेका थिए । यसबारे ४ जनाको उजुरी परेको भन्दै प्रहरीले अभियुक्तहरुलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]