२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राजपुरको सुनपथरी नाकामा ३० दिने आधारभूत बुटिक तालिमको उद्घाटन

Logo
प्रकाशित बिहिबार, फाल्गुण १८, २०७९

मेगमन बुढा

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपथरी नाकामा ३० दिने आधारभूत बुटिक तालिमको बुधबार एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपतिदेवी यादवको विशेष अतिथिमा उक्त बुटिक तालिम उद्घाटन भएको हो ।

त्यस्तै सो तालिमलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले नाका क्षेत्रलाई गाउँपालिकाबाट विशेष प्राथमिकता दिएर विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्न खोजेको बताउनु भयो । नाका क्षेत्रका महिला दिदीबहिनीलाई जसरी भएपनि विभिन्न सीपमूलक तालिमहरु सिकालाई एक उद्यमी बनाउने राजपुर गाउँपालिकाले प्रमुख योजना समेत राखेको कार्यक्रममा अध्यक्ष बुढाथोकीले बताउनु भयो ।

त्यसैगरी उक्त तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई गाउँपालिका अध्यक्ष बुढाथोकीले ३० दिनको बसाईमा प्रशिक्षकद्वारा सिकाइएका बुटिक सम्बन्धि सम्पूर्ण सीपहरुलाई ध्यानपूर्वक सिक्न आग्रह गर्दै उहाँले अब कुनैपनि महिला दिदीबहिनीले चिन्ता लिनु नपर्ने र योसंगै आगामी दिनमा अझै थप तालिमको व्यवस्थापन राजपुर गाउँपालिकाले गर्ने बताउनु भयो ।

कार्यक्रममा उपाध्यक्ष यादवले नाका क्षेत्रका महिला दिदीबहिनीहरु जसरी भएपनि उद्यमी बन्नु पर्ने धारणा राख्नु भयो । अबदेखि सम्पूर्ण महिला दिदीबहिनीले सीप सिकेर आफैले आयआर्जनगरि आफ्नो बालबच्चालाई पढाउने र घर खर्च चलाउन सक्ने स्थिति बनाउनु पर्नेमा जोड दिनुपर्ने बताउनु भयो ।

त्यस्तै वडा अध्यक्ष ओलीले आगामी दिनमा यसैगरी निरन्तर आफ्नो वडा भित्रमा गाउँपालिका तथा अन्य विभिन्न संघ संस्थासंग समन्वय गरेर सीपमूलक तालिमहरुको व्यवस्थापन गरेर सम्पूर्ण वडा बासिलाई आत्मनिर्भर बनाउने कार्य तिर आफू सधै लागि पर्ने बताउनु भयो ।

महिला तथा बालबालिका शाखा राजपुरका प्रमुख सुनिता चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा प्रमुख चौधरीले उक्त तालिम कार्यक्रमको बारेमा जानकारी गराउनु भएको सो उद्घाटन तालिम कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा राजपुरका सामाजिक परिचालक कमला पुलामीले गर्नु भएको थियो ।

फाल्गुन १७ गतेदेखि चैत १६ गतेसम्म संचालन रहने उक्त तालिममा १३ जना महिलाहरु सहभागी रहनु भएको छ भने प्रशिक्षकमा सो तालिम सम्बन्धि बिज्ञय रामकुमारी चौधरी रहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।