२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र आईजिपी अर्याल यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडानमा मेडल परेड कार्यक्रममा

Logo
प्रकाशित बिहिबार, फाल्गुण १८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा यूनाईटेड नेशन्स मिशन ईन साउथ सुडान जुवामा फर्म्ड पुलिस युनिट (एफपीयु)मा कार्यरत नवौं डफ्फाका सशस्त्र प्रहरी कर्मचारीहरु र UNMISS UNPOL Nepalese Contingent मा कार्यरत कर्मचारीहरुको फागुन १७ गते यूएन मेडल परेड कार्यक्रम सम्पन्न भएको छ । UNMISS OIC SRSG/Deputy SRSG-Political Mr. Guang CONG को प्रमुख आतिथ्यतामा उक्त मेडल परेड कार्यक्रम सम्पन्न भएको हो । साथै विशेष प्रतिनिधि संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, Deputy Force Commandar, Deputy Police Commissioner, UNPOL Senior Leadership का पदाधिकारी, UNMISS अन्तर्गतका विभागीय प्रमुखहरु, MIlitary Componant का विशिष्ट अधिकृतहरु तथा FPU Coordinator Cell/Field Office का पदाधिकारीहरुको समेत मेडल परेडमा उपस्थिती रहेको थियो । सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुभकामना व्यक्त गर्नुभएको थियो भने UNMISS NEPFPU-1 Juba का Commanding Officer सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम पश्चात सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु तथा IPOs (Nepalese Contiongent)लाई निर्देशन तथा कार्यालय निरीक्षण समेत गर्नुभएको थियो । सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेश कुमार श्रेष्ठलाई दज्र्यानी चिन्ह समेत प्रदान गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]