२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी आईजिपी राजु अर्याल सुडान पुगेर डिआईजी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित बिहिबार, फाल्गुण १८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फागुन १६ गते दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सोही ठाउँमा संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट पीओसीको अर्डिनेटरको रुपमा कार्यरत रहनु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]