२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीमा नियमित सरुवा छलेर धमाधम काज सरुवा किन?

Logo
प्रकाशित सोमबार, फाल्गुण २२, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले फागुन १६ मा १३९ जना इन्स्पेक्टरको काज सरुवा गर्‍यो । २०७९ वैशाखमा सरुवा भएर इलाका र वडा कार्यालयमा इन्चार्ज खटिएका धेरै इन्स्पेक्टरलाई काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ वर्षमा सरुवा गर्ने निति लिए पनि आईजीपी धिरज प्रताप सिंहले १० महिना पुगेका इन्स्पेक्टरलाई सरुवा गरेका छन् ।

ठुलो सङ्ख्यामा इन्स्पेक्टर काज गर्नुभन्दा दुई दिन अघि पनि प्रहरी प्रधान कार्यालयले फागुन १४ मा दुई जना इन्स्पेक्टरलाई इलाका इन्चार्जमा काज सरुवा गरेको थियो । इन्स्पेक्टर प्रकाश रेग्मीलाई मोरङको ईप्रका रानी  शिवराज थापालाई सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयमा काज गरिएको थियो ।
१३९ जनाको काज सरुवा गर्दा काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण मानिने प्रभागका इन्स्पेक्टरहरु पनि परिवर्तन भए । प्रहरी प्रहरी प्रभाग कपनमा स्मृति सिलवाल, प्रहरी प्रभाग साँखुमा इन्स्पेक्टर फुलमाया घिसिङ, प्रहरी प्रभाग कोटेश्वरमा बिनोद सुवेदी र इप्रका मेलम्चीमा नवराज सापकोटालाई सरुवा गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय बिरगञ्जमा मणिराम थापालाई सरुवा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहामा मिन बहादुर बस्नेतलाई सरुवा गरिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा शेखरजंग मल्ल र प्रहरी प्रभाग सानेपा ललितपुरमा सचिता थापा मगरलाई काज सरुवा गरिएको छ ।

फागुन ५ मा प्रहरी प्रधान कार्यालयले ५ जनाको काज सरुवा गरेको थियो । त्यतिवेला काठमाडौँ बाहिर कार्यरत इन्स्पेक्टरहरूलाई काज मार्फत काठमाडौँ उपत्यकामा ल्याएको प्रधान कार्यालयले गरेको काज सूचीबाट देखिन्छ ।

२०७९ माघ २० मा प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरेको थियो । त्यो पनि दुई किस्तामा । माघ १९ मा प्रहरी प्रधान कार्यालयले १३ जना डीएसपीहरुको काज सरुवा गरेको थियो । त्यसैदिन १५० जना डिएसपीको नियमित सरुवा गरियो ।

माघ १९ मा पहिले काज सरुवा गरिएका ४२ जना एसपीहरूको नियमित सरुवा सूची प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको थियो । ती एसपीहरू लामो समयदेखि काजमा खटिएर काम गरिरहेका थिए ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शक्तिकेन्द्रबाट नाम आएका र आफू निकटहरूलाई नियमित सरुवा छलेर काज गर्ने गरेका छन् । कुनै कारणले युनिट इन्चार्ज परिवर्तन भएर छोटो समयमा अधिकृत पठाउनुपर्ने अवस्थामा काज गर्न पाउने व्यवस्था प्रहरी नियमावलीमा छ । तर, प्रहरी नेतृत्वले सो व्यवस्थालाई दुरुपयोग गर्ने गरेका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी दीपेन्द्र जिसीले आवश्यकता अनुसार काज सरुवा गरिएको बताए । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]