०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

सिरहाको एक युवकको पेटभित्र भेटियो रक्सीको सिंगै बोतल

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९

(ABC-Sanchar)
काठमाडौं । भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा केही व्यक्तिले एक गम्भीर अवस्थाका बिरामी ल्याइपुर्‍याए।

रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएका बिरामीको नाडीको चाल १२० भन्दा माथि पुगेको थियो। पेट फुलेर ठूलो भएको थियो। बिरामीसँग आएका व्यक्तिको साथमा रहेको एक्सरे रिपोर्ट डाक्टरलाई नै तर्साउने खालको थियो।

एक्सरेमा उनको पेटमा एउटा सिंगो बोतल देखिन्थ्यो।

‘पेटमा बोतल छ भन्ने उताको एक्सरेबाट आइसकेको थियो। त्यसैले ‘पेरिटोनाइटिस’ भए-नभएको छुट्टयाउन हामीलाई गाह्रो भएन। आन्द्रामा चोट लागिसकेपछि पेटमा इन्फेक्सन हुन्छ, जसलाई पेरिटोनाइटिस भनिन्छ,’ अस्पतालका ल्याप्रोस्कोपिक तथा जिआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा. नारायणप्रसाद बेलबासेले भने।

उनले अगाडि भने, ‘हामीले आन्द्रा फुटे-नफुटेको थाहा पाउन अर्को एक्सरे गर्‍यौं। त्यसबाट आन्द्रा पनि फुटेको शंका गरियो। अस्थिर अवस्थामा आएको बिरामी भएकाले एक-दुई घन्टा स्लाइन, एन्टिबायोटिक्स चलायौं।’

बिहान साढे ६ बजेतिरबाट बिरामीको शल्यक्रिया सुरू गरिएको थियो। बोतलको आधा भाग पेटभित्र र आधा भाग ठूलो आन्द्राभित्रै रहेको देखियो। बोतलको टुप्पो आन्द्रा फुटालेर बाहिर निस्किएको थियो। पेटभित्र दिसा फैलिएर आन्द्राहरू सबै सुन्निइसकेका थिए। बोतलमा बिर्को थिएन। भित्र केही दिसा र रगत पसेको थियो।

डा. बेलबासेको टिमले पेटभित्रको बोतल निकाल्यो र पेटलाई स्लाइन पानीले सफा गर्‍यो।

‘फुटेको भागलाई प्राइमरी रिपेयर गरियो र रिफ्रेस गरेर सिलाइयो। त्योभन्दा माथिको भागबाट कोलोस्टोमी (दिसा निकाल्ने कृत्रिम बाटो) गरेर दिसा निकालेका छौं। दिसा लिक भएर संक्रमण फैलन नदिन त्यसो गर्नुपरेको हो,’ उनले भने।

बोतल मलद्वारबाट छिरेको भए पनि मलद्वारमा क्षति नपुगेका कारण बिरामीलाई केही राहत भएको उनले बताए। यति गर्न करिब साढे दुई घन्टा लागेको उनले बताए।

‘पेटभित्रको अवस्था ठिक भएपछि दिसाको बाटो प्राकृतिक रूपमै कायम गर्न सकिन्छ,’ डा. बेलबासेले भने, ‘उनको होस आइसकेको छ। सामान्य कुरा गर्न थालेका छन्। करिब छ हप्तापछि कोलोस्टोमी निकाल्न सकिन्छ होला।’

रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीले आइतबार बिहान अचानक पेट दुख्यो भनेपछि सुरूमा बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाएका थिए। त्यसले ठिक नभएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल भर्ना गरिएको थियो।

एक्सरे गर्दा रिपोर्टमा पेटभित्र रक्सीको सिंगो बोतल देखिएपछि चिकित्सकले उनलाई तुरून्तै रेफर गरे। आफन्तले उनलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पताल पुर्‍याए। शल्यक्रिया गर्नुपर्छ, ज्यानको खतरा पनि हुनसक्छ भनेपछि भरतपुर ल्याइएको थियो।

नुर्सादलाई पुरानो मेडिकल कलेज ल्याउँदा पेटमा बोतल छिरेको करिब ५८ घन्टा भइसकेको थियो। डा. बेलबासेका अनुसार यस्तो घटनामा बिरामीले सामान्यतया २४ घन्टाभित्र उपचार पायो भने बचाउन सहज हुन्छ। ढिलै आए पनि बोतल नफुटेको र आन्द्रामा धेरै चोट नलागेका कारण नुर्साद खतरामुक्त भएको उनले बताए।नुर्सादले साथीहरूसँग जाँदा केही खुवाएपछि आफू बेहोस भएको डा. बेलबासेलाई बताएका थिए। ‘साथीहरूले केही खुवाएपछि म बेहोस भएछु, त्यसपछि के भयो थाहा छैन,’ नुर्सादको भनाइ उद्धृत गर्दै बेलबासले सेतोपाटीसँग भने, ‘पेट दुखेपछि डाक्टरकोमा गएको भन्छन्।’

अस्पताल आइपुग्दा उनको सेतो रक्तकोष (डब्लुबिसी) निकै कम भइसकेका थियो। अहिले अवस्था सामान्य छ। ‘यो अवस्थामा केही समय बिरामीलाई मानसिक तनाव हुन्छ। डिप्रेसनमा जान सक्छन्। केही समय अपांगताजस्तो हुन्छ, घाउ पाक्न सक्छ,’ डा. बेलबासेले भने, ‘तर अहिले सबै स्थिर छ, सुधारको संकेत राम्रो देखिएको छ।’

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए।

‘बिरामीले ठ्याक्कै यसो भएको हो भनेर नबोल्दासम्म यही भएको रहेछ भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘हामीले शंका लागेका व्यक्तिसँग सोधपुछ गरिरहेका छौं।’

उनले बिरामीलाई चन्द्रपुर अस्पताल र त्यहाँबाट बाराको अस्पताल पुर्‍याइएपछि बल्ल प्रहरीलाई जानकारी गराइएको बताए।

‘बिरामी राम्रोसँग बोल्न सक्ने भएपछि कुरा गरेर कानुनी प्रक्रिया थप अघि बढ्छ,’ डिएसपी कोइरालाले भने, ‘बोतल आफैंले हालेको हो कि अरूले हालेको हो भन्ने नै यकिन भएको छैन।’

डा. बेलबासेले यो घटना असाध्यै दुर्लभ र असामान्य रहेको बताए।

‘यस्तो घटना खासै आउँदैन, सामान्य मान्छेले यस्तो कल्पना पनि गर्दैन। जानी जानी कसैले यस्तो गर्दैन, यो त एक्सट्रिम लेभल अफ क्राइम हो,’ उनले भने।

करिब दुई वर्षअघि भरतपुरका २६ वर्षीय युवक बाथरूममा चिप्लिएर ह्यान्डसावर मलद्वारबाट छिरेको अवस्थामा अस्पताल आइपुगेको उनले बताए।

आन्द्रा फुटेको ६ घन्टामै अस्पताल आइपुगेका कारण उनी सञ्चो भएर सामान्य अवस्थामै फर्किएको डा. बेलबासेले बताए।

‘त्यो एउटा दुर्घटना थियो, यो दुर्घटनाजस्तो देखिँदैन। आफैंले छिरायो कि अरूले छिरायो भन्ने मात्रै हो। त्यो विषयमा त म केही भन्न सक्दिनँ, प्रहरीले अनुसन्धान गरेर पत्ता लगाउला,’ उनले भने।रात

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!