२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

फागुन २५ गते राष्ट्रपति निर्वाचन तयारी पूरा बिहान् १० बजेदेखि ३ बजेसम्म

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९

ABC (क्राईमबिट) काठमाडौं । कुल ८८२ मतदाताका लागि आयोगले ९९० वटा मतपत्र छपाइ गरेको छ । राष्ट्रपतिको चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले मतदान गर्न पाउने छन् । संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

संसद भवनको ल्होत्से हलमा दुईवटा बुथ राखिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपतिका उम्मेदवारको प्रतिनिधि र मतदाताबाहेक अरुलाई मतदान स्थलमा जान दिइने छैन । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले रमेश लेखक र सुवासचन्द्र नेम्वाङले महेश बर्तौलालाई प्रतिनिधि राखेका छन् ।

सञ्चारकर्मीको हकमा परिचयपत्र भएकालाई जान दिइने छ । चुनावको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!