२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गण्डकी छड्के टेलिभिजनका पत्रकार अपिल त्रिपाठीले किन राजीनामा दिए

Logo
प्रकाशित बुधबार, फाल्गुण २४, २०७९

 (ABC-Sanchar) काठमाडौं । पोखराबाट टेलिभिजनबाट प्रसारण कार्यक्रम, १५ वर्ष अघिको कार्यक्रम हो । यो कार्यक्रम गण्डकी मिडिया हाउसकै रेडियो गण्डकीको उत्पादन हो । अपिलले बेथिति, भ्रष्टाचार विरुद्ध सामाग्री पस्कदैं आएका छन् । तर अब बाट उनिले यस टेलिभिजन संगको आबद्धता अहिलेलाई टुङ्ग्याउने निर्णय गरेका छन् ।

आज सम्म :

बिगत १५ बर्ष देखी मैले गण्डकी टेलिभिजनमा बिभिन्न जिम्मेवारीमा रहेर काम गरे । थाहा छैन, मैले टेलिभिजनलाई कती दिन सके, तर गण्डकी टेलिभिजनले मलाई धेरै कुरा दियो । जसका लागी म टेलिभिजन प्रति सधै ऋणी रहनेछु । मेरो आफ्नै कारणले यस टेलिभिजन संगको आबद्धता अहिलेलाई टुङ्ग्याउने निर्णय गरेको छु । भोलीका दिनमा फेरी यसै टेलिभिजन संग जोडिने मौका मिल्यो भने म आफुलाई भाग्यमानी ठान्नेछु ।

अबको बाटो :
१, म अब पब्लीक फोके टेलिभिजनमा आबद्ध हुने निर्णय गरेको छु । यस टेलिभिजन संगको सहकार्य उपलब्धीमुलक हुनेछ भन्ने बिश्वास लिएको छु ।
पब्लीक टेलिभिजनबाट ‘गण्डकी छड्के विथ अपिल त्रिपाठी’ नामक कार्यक्रम हरेक शुक्रबार राती ९ बजे प्रसारण हुनेछ ।

२, यो देशका बेथितीलाई अझै प्रभावकारी ढंगबाट प्रस्तुत गर्नको लागी हामी छिट्टै एक न्युज पोर्टल लिएर आउदैछौ । जसको नाम हो – गण्डकी छड्के न्युज डट कम ।

कार्यालय :
हाम्रो कार्यालय पोखरा नयाँबजार स्थीत बजाज पल्सर बाइकको शोरुम नजिकैको गल्लीबाट १०० मिटर पुर्वतिर रहेको छ । हामीलाई 9856011452 मा सम्पर्क गर्न सकिन्छ ।
यहाँहरुको साथ, समर्थन र रचनात्मक आलोचनाको लागी सधै कृतज्ञ छु ।
अब थप एउटा कुराको जानकारी गराउन बाकी छ । उक्त जानकारी बैशाख ३१ गते साझ ५ बजे गराउनेछु

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]