२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

इन्स्पेक्टर सन्दीप आफ्नो कार्यकाल पुरा गरेर सम्पूर्ण दाङ बासीलाई सम्झेर बिदा भए

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २६, २०७९

 (सागर थापा) दाङ । करिब १० महिना जिल्ला प्रहरी कार्यालय दाङमा अपराध अनुसन्धान शाखाको प्रमुखको रुपमा रहि कार्य गर्ने जिम्मेवारी प्राप्त भयो।कानुनी परिधिभित्र रहेर बिभागिय नीति निर्देशन एवम कार्यालय प्रमुख ज्यु को मार्गदर्शन बमोजिम क्षमताले भ्याए सम्म आफ्नो जिम्मेवारी निर्वाह गरे मेरो यस कार्यकाललाई सफल बनाउन मार्गदर्शन गर्नुहुने यस कार्यालयका निवर्तमान एवम बर्तमान कार्यालय प्रमुख ज्युहरु ,दाङ जिल्ला अदालत का श्रीमान ज्यु हरु श्रेस्तेदार ज्यु ,जिल्ला न्याधिवक्ता ज्यु ,प्रमुख जिल्ला अधिकारी ज्यु हरु , सुरक्षा निकायका प्रमुख ज्यु हरु ,सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि ज्यु हरु , सम्पूर्ण सरकारी तथा गैरसरकारी सस्थाका व्यक्तित्व ज्यु हरु,विभिन्न राजनैतिक दलका व्यक्तित्वहरु संचारकर्मी ज्यु हरु ,अत्यन्तै माया गर्ने मेरा आदरणीय सहकर्मी प्रहरी निरीक्षक ज्यु हरु ,अ अ शाखा मा कार्यरत सम्पुर्ण प्रहरी साथी हरु समग्र जिल्ला प्रहरी कार्यलय परिवार एवम सम्पूर्ण दाङ बासी आमाबुवा , दाजुभाइ एवम दिदिबहिनीहरु प्रति हार्दिक अभार प्रकट गर्न चाहान्छु ।

यस अवधिमा श्रीमान प्रमुख जिल्ला अधिकारी तथा श्रीमान कार्यालय प्रमुख (वीर बहादुर ओलि ज्यु) बाट पुरस्कृत हुने अवसर पाए यसलाइ मेरो ब्यवसायिक जिवनको अमुल्य सम्पति को रूपमा लिएको छु म उहाहरु प्रति अत्यन्तै आभारी छु।।

भौगोलिक विविधता प्राकृतिक , धार्मिक तथा ऎतिहासिक महत्त्वले भरिपुर्ण यस पावन भुमीमा आम दाङ बासी जनसमुदाय सङग गरेका हरेक सहकार्यहरु जिवन्त मानसपटलमा रहिरहने छ्न।यहा हरुको सेवा गर्ने अवसर फेरि पनि प्राप्त होस।।पान्डवश्वेर महादेवले हामी सबैको कल्याण गरुन।धन्यवाद जयनेपाल ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।