२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ठाकुरराम क्याम्पसमा आगजनी गर्नेहरुलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

Logo
प्रकाशित शनिबार, फाल्गुण २७, २०७९

(ABC-Sanchar)
पर्सा । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार गरिएको आगजनीको घटनामा संलग्नहरुलाई पक्राउ गरि कारबाही गर्न माग गरेको छ ।शनिबार क्याम्पस परिसरमै पत्रकार सम्मेलन गरेर नेविसंघले शुक्रबार क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा गरिएको आजगजनीमा संलग्नहरुलाई पक्राउ गरि कारबाही गर्न माग गरेको हो ।

नेविसंघले स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा करिब १ हजार फर्जि विधार्थीको नाम पनि समावेश गरिएकाले त्यसको छानबिन गरि चैत ५ को निर्धारित मितिमै निर्वाचन गर्न पनि क्याम्पस प्रशासनसंग माग गरेको छ ।

काँग्रेस पर्साले गठन गरेको समन्वय समितिका संयोजक नवीन सिंहले शुक्रबार क्याम्पसमा गरिएको आगजनीको घटनामा नेविसंघको कुनै संलग्नता नरहेको प्रष्ट पारे । उनले आगजनीमा संलग्न ३ जना विधार्थीलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेपनि बिना कारबाही छाडेको प्रति आपत्ति जनाउदै पक्राउ परेकाहरु अन्य संगठनका विधार्थीहरु रहेको बताए ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा शुक्रबार दिउँसो नेकपा एकिकृत समाजवादी निकटको अनेरास्ववियुका नेता सुजित गीरी ,नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ ठाकुर राम क्याम्पस ईन्चार्ज मनिष चौहान र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता शिवम साहलाई नियन्त्रणमा लिएर शुक्रबार नै साँझ रिहा गसिकेको छ ।

पत्रकार सम्मेलनमा काँग्रेसका जिल्ला सहसचिव समेत रहेका सिंहले आगजनीको घटनामा संलग्नहरुलाई पसन पक्राउ गरि कारबाही नगरे र स्थगति निर्वाचन प्रकृया पुन सुचारु नगरिए नेविसंघ आन्दोलनमा उत्रिने तेतावनी पनि दिए ।

यसका साथै मतदाता नामावलीमा फर्जि विधार्थीको नाम समावेश गर्ने क्याम्पसका सम्बन्धित कर्मचारी र निर्वाचन अधिकृतलाई क्याम्पस प्रशासनले कारबाही गर्नु पर्ने माग पनि आफुहरुको रहेको सिंहले बताए ।

क्याम्पसमा जनाधार नै नभएका विधार्थी संगठनहरुले चैत ५ को स्ववियु निर्वाचन भाड्न शुक्रबार क्याम्पसमा आगजनी गरेको पत्रकार सम्मेलनमा नेविसंघ पर्साका अध्यक्ष रमेश यादवले बताए ।ठाकुरराम क्याम्पसमा विगत देखि नै नेविसंघको जनाधार बलियो रहेका र त्यहि कारण अन्य संगठनहरुले चैत ५ को निर्वाचन भाड्न हर्कत गरिरहेको उनले बताए । तर नेविसंघ चैत ५ मै निर्वाचन हुनु पर्ने अडानमा रहेको उनले प्रष्ट पारे ।

निर्वाचन समितिले फागुन २१ मा प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर भएको विवादका क्रममा विधार्थीहरुले शुक्रबार क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी गरेका थिए ।

क्याम्पस प्रशासनले शुक्रबार गरिएको आजगजनीको घटनापछि शनिबारका लागि निर्धारति मनोनयन पत्र दर्ता कार्यक्रम सहित त्यसपछिका निर्वाचन कार्यतालिका हालका लागि स्थगीत गरि प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । निर्वाचन अधिकृत रोशन लामिछानेका अनुसार , उक्त समितिले ३ दिन भित्र (फागुन२९ गते भित्र) फागुन २१ मा प्रकाशीत मतदाता नामावलीको छानबिन गरि प्रतिवेदन बुझाउने छ । त्यसपछि उक्त प्रतिवेदनका आधारमा अन्तिम मतदाता नामावली प्रकाशीत गरि पुन अर्को निर्वाचन कार्यतालिका प्रकाशन गरिने लामिछानेले बताएका छन् ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका जनमत विधार्थी संघका इकाई अध्यक्ष शीवम सिंह नेविसंघमा प्रवेश गरेका छन् ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका भातृ संस्था जनमत विधार्थी संघका इकाई अध्यक्ष सिंह , नेपाली काँग्रेसको भातृ संस्था नेविसंघमा प्रवेश गरेका हुन् ।

शनिबार क्याम्पस परिसरमै आयोजित कार्यक्रममा सिंहलाई काँग्रेसका जिल्ला सहसचिव नवीन सिंहले अबीर टिका लगाएर स्वागत गरे भने नेविसंघ पर्साका सभापति रमेश यादवले सिंहलाई संघको सदस्यता प्रदान गरे ।

शनिबारको पत्रकार सम्मेलनमा नेविसंघका क्याम्पस इकाइ सभापति मनोज कुमार साह,नेपाल तरुण दलका जिल्ला सभापति विकास तिवारी , नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी , नेविसंघका नेताहरु धर्मराज यादव , रोशन सिंह,जे.पि.ठाकुर,मुनराज तिवारी,राहुल गुप्ता लगायतको पनि सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।