२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कोशी प्रदेश नाम राखिएको भन्दै लिम्बुवान किरात संघर्ष समितिले आइतबार झापा बन्द

Logo
प्रकाशित आइतबार, फाल्गुण २८, २०७९

(ABC-Sanchar)                                                  झापा । शनिबार बिहानै झापाका पालिका स्तरिय निजि बिद्यालयका संगठन प्याब्सनका पदाधिकारीलाई पत्र हात लाग्यो।

लगत्तै फिल्मि शैलीमा फोन पनि आयो।भोलिको बन्दमा सहयोग गरिदिनपर्यो, केही अप्रिय घटना घटे,स्कुल बस जले भने गुनासो नगर्नुहोला।

१ नम्बर प्रदेशको नाम कोशी प्रदेश राखिएको भन्दै लिम्बुवान, किरात संघर्ष समितिले प्रदेश १मा आइतबार आम हड्ताल आह्वान गरेको छ।

पहिचान मेटिने गरी प्रदेशको नामकरण गरिएको भन्दै एक साता यता बिभिन्न जातिय संगठनहरुले बिरोधका बिभिन्न कार्यक्रमहरू गरिरहेका छन्।

फागुन महिनामा मात्रै सरकारी र स्थानीय बिदा गरी झन्डै २० दिन पढाई हुन नसक्दा बिद्यार्थीहरु मारमा परेका छन्।गत साता आइतबार र बिहिवार मात्रै बिद्यालय खुले, तर अघिल्लो दिन र भोलिपल्ट बिदा हुने भएपछि ति दुइ दिन पनि पढाई हुन सकेन।होलि पर्व, नारी दिवस र किराँत मोर्चाले गरेको हड्तालका कारण झापाका बिद्यालयहरु मारमा परेका हुन्।आजको हड्तालले शैक्षिक क्षेत्र मात्रै होइन सार्वजनिक सवारी चलाउनेलाई पनि सकस छ।

आइतबार बिहान यात्रुलाई बजार छोडेर फर्किनै लाग्दा एकजना अटोचालकको फोनमा घण्टी बज्यो।

उनले फोन उठाए।बन्दको दिन अटो चलाउनु भयो,गार्हो पर्ने हो किरु तपाईंको गरि खाने पनि त्यही अटो नै होलारु ूकसैले नरम भाषामा बोल्यो।

एक दिनलाई त हो, सहयोग गर्नुस(सहयोग गर्नुस है फोन काटियो।

उनको तिनपाङ्ग्रे अटोको पछाडि मोबाइल नम्बर हेरेर बन्दकर्ताले फोन गरेका हुन्।आइतबार बिहानैबाट बन्दकर्ताले झापाका बिभिन्न बजार बन्द गराउँदै हिडेका छन्। छिटफुट रूपमा खुलेका फलफूल पसल समेत बन्दकर्ताले बन्द गर्न अनुरोध गरेका छन् ।संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका प्रान्तिय सचिव धनबहादुर पङ्धाक भन्छन्, यो आन्दोलनको उपलब्धि सबै प्रदेशवासीलाई जान्छ, एकाध दिन बन्द गरेर हाम्रो आन्दोलनलाई सहयोग गरिदिनुस भनेको हो, धम्क्याएको होइन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]