२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतको सिक्किममा भारी हिमपात, हजारौं पर्यटकहरु फसे

Logo
प्रकाशित आइतबार, फाल्गुण २८, २०७९

(ABC-Sanchar)                                              काठमाडौं । पर्वतीय राज्य सिक्किममा शनिवार बेलुका भारी हिमपातका कारण सीमावर्ती इलाका नाथुलाबाट फर्किरहेका सयभन्दा बढी वाहनमा सवार करिब ९०० पर्यटक बाटोमा नै फसेका छन् ।
उद्धार कार्यका लागि सेना उतार्नुपर्‍यो । सिक्किम प्रहरीले यसबारे जानकारी दिएको हो ।

प्रहरीका एक अधिकारीका अनुसार सेनाका जवानले केही पर्यटकलाई अबेर राती राजधानी गंगटोक ल्याए ।
अन्य भने त्यहाँ नजिकै सेनाको शिविरमा रात बिताउन बाध्य भए । उनीहरूलाई भोलिपल्ट बिहान राजधानी पुर्‍याउने बन्दोबस्त गरियो ।

सेनाको स्रोतले दिएको जानकारी अनुसार नाथुला र गंगटोकबीच १५ माइल इलाकामा ९०० पर्यटक फसेका थिए ।

यी मानिसहरू सीमावर्ती इलाका नाथुला र यहाँका चर्चित छाङ्गु पुल हरेपछि फर्किरहेका थिए । यो इलाका गंगटोकभन्दा करिब ४२ किलोमिटर टाढा छ ।
सीमा सडक सङ्गठन (बिआरओ) को समूह बाटोमा जमेको बरफ हटाउन जुटेको छ । केही पर्यटकलाई नजिकैको सेना छाउनीमा लगेर खानपिन र उपचारको प्रबन्ध मिलाइएको छ ।

भारी हिमपातका कारण सिक्किममा प्रशासनले केही दिनका लागि नाथुला र छाङ्गु पुल जानका लागि पास जारी गर्न रोक लगाइएको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]