१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

शिक्षा जीवनको तयारी होइन राम्रो शिक्षा नै जीवन हो कुसुम शाही

Logo
प्रकाशित सोमबार, फाल्गुण २९, २०७९

ABC (क्राईमबिट)                                                    काठमाडौं । शिक्षाको उच्चतम तयारीका लागि यहाँ गर्नुपर्ने संघर्ष र खर्चको कथा असामान्य छ। अझ कमजोर आय भएका परिवारले सन्ततीलाई राम्रो शिक्षाका लागि कति संघर्ष गर्नुपर्छ भन्ने विषय केलाउँदा अन्तरनीहित व्यथा अनेक छन्।

राष्ट्र सेवा, जनसुरक्षामा समर्पित गरेका नेपाल प्रहरीका तल्ला तहदेखिका अमर प्रहरी परिवारका सदस्यको गुणस्तरीय शिक्षाको पहुँचमा कस्तो अवस्था होला? यहि प्रश्नमा घोत्लिरहेकी कुसुमलता शाही शिक्षाका क्षेत्रमा योगदान गर्नुपर्छ भन्ने निचोडमा पुगिन्। शाही नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष हुन्। उनी प्रहरी महानिरिक्षक (आईजी) धिरजप्रताप सिंहकी धर्मपत्नी हुन् अर्थात् छायाँ आईजी पनि।

‘अमर प्रहरी परिवारलाई शिक्षा र स्वास्थ्यमा समस्या भएको देखियो। यसैले पनि सकेसम्म शिक्षा र स्वास्थ्यमा नै काम गर्ने लक्ष्य राखियो। यस क्षेत्रमा थोरै पनि टेवा गर्न सक्दा, त्यहि सेवा हो भन्ने ठानेर अघि बढियो’, शाही भन्छिन्,‘यसैकारण पनि निजी क्षेत्रको विद्यालयका दुई संस्था प्याब्सन र एनप्याब्सनसँग हामीले सम्झौता गरेका हौं।’

यसको प्रमाण शाही नेतृत्वको श्रीमती संघले गरेका विभिन्न सम्झौता नै हुन्। उच्च तहको अध्ययनका लागि संघको पहलमा कलेज अफ बिजनेश म्यानेजमेन्ट (सीबीएम)सँग प्रहरीका सन्ततीलाई छात्रवृत्तिको सम्झौता भयो। उच्च तहको (दश जोड दुई)मा १० जना, बीबीएस बीबीएस प्लसका लागि ५ जना, बीबीएममा दुई जना, एमबीएसमा ४ जना, प्रोफेसनल एकाउन्टेन्सी (सीए)मा २ जनालाई पूर्ण छात्रवृत्ति र एकाउन्टिङ, ट्याक्स, मार्केटिङमा संघको सिफारिसअनुसार निशुल्क अध्यापन गराउने सम्झौता गराउन शाहीको भूमिका प्रभावकारी बन्यो।

यतिमात्र होइन, देशभर एनप्याब्सनसँग संघले एक हजार ८ सय भन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, अमर प्रहरीलगायतका परिवारका अध्ययनरत सम्पूर्ण सन्ततीलाई बार्षिक भर्ना शुल्क मिनाहको सम्झौता पनि शाहीको कार्यकालमा नै सम्भव भयो।

‘शिक्षा भन्दा ठूलो ज्योती केही हुन्न, अमर प्रहरीका परिवारले पेन्सन पनि आधा मात्र पाउने रहेछ, थोरै रकमले सन्ततीको भविष्य कसरी उज्वल होला भन्ने विषयले घोच्यो, अनि पहलकदमी लिएर कम्तिमा शिक्षामा त छुट गराउनुपर्छ भनेर सम्झौता गरियो’, शाही भन्छिन्,‘शिक्षा र स्वास्थ्यमा देश सेवाको समर्पणमा अमर भएका परिवारले दुख पाउनु हुँदैन भन्ने लाग्यो।’

संघको जिम्मेवारी पाएकी शाहीले यति मात्र गरिनन्, एभरेष्ट कलेज, प्रिमियिर कलेज, कोलम्बर कलेज, काठमाडौं नेशनल कलेज, बेदास कलेजसाग अमर प्रहरी सन्ततीका लागि प्लस टु का लागि ५/५ जना, ब्याचेलर अफ कम्प्युटर एप्लीकेशनमा २/२ जना, ब्याचलर अफ बिजनेश म्यानेजमेन्टमा १/१ जना, प्लस टुको व्यवस्थापन र विज्ञान संकायमा अध्ययनमा ५० जनालाई ७५ प्रतिशत छुटमा अध्यापनका लागि सम्झौता गराउन सफल भइन्।

बहलवाला प्रहरी परिवार, अमर प्रहरी परिवार र पूर्वप्रहरी परिवारका सन्ततीलाई प्याब्सनसँग आवद्ध रहेका ५ हजार बढीमा एक विद्यालय एक छात्रवृत्ति अनिवार्यसहित भर्ना शुल्कमा सबैलाई मिनाहाको सम्झौता गराउन पनि शाही सफल भइन्। ‘जसले देशका लागि आफूलाई कुनै सम्झौता नगरी कर्म गर्नुभयो, हामीले उनका परिवारलाई सम्झौताका आधारमा नै सेवा गर्नु नै धर्म ठान्यौं र श्रीमती संघका तर्फबाट सम्झौता गरियो’, शाही भन्छिन्।

प्रहरीले शान्ति सुरक्षा र अमनचयनका लागि जसरी बर्दीमा आफ्नो कर्मलाई निरन्तर अडिग बनाइरहेको छ, त्यसरी नै उसको छायाँ पक्ष अर्थात् श्रीमती संघले सामाजिक कार्य, स्वास्थ्य र शिक्षाका क्षेत्रमा उसैगरी अनवरत कर्म गरिरहेको विषय गौण देखिन्छ। तर, एक सिक्काको दुई पाटोको महत्व जस्तै प्रहरी कर्मचारीको जति महत्व छ, श्रीमती संघले कम महत्वमा योगदान गरेको छैन

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनसँगको सम्झौता पनि हो। बीएससी आईटी अध्ययनका लागि लाग्ने ८ लाख ७४ हजारको निशुल्क अध्ययनका लागि एक जना, सोही अध्ययनका लागि ट्युशन एडमिशन र ल्याब शुल्को ४ लाख ५० हजार २ जनालाई, सोही अध्ययनमा लाग्ने ट्युशनको शुल्क २ लाख ८५ हजारको चार जनालाई छात्रवृत्तिको सम्झौता शाही नेतृत्वको संघको अर्को ठूलो काम हो। ‘कार्यान्वयनमा गइसकेको छ। सम्झौता भएको चिजको कार्यान्वयन गरेको देख्न पाउँदा मन हर्षित हुनेनैछ’, शाहीले भनिन्,‘शिक्षाका क्षेत्रमा अन्यत्र पनि हामीले अनेक सम्झौता गरेका छौं।’

लर्ड बुद्ध एकेडेमी आवद्ध कलेजसँग नै संघले बीबीएम अध्ययनका लागि ट्युशन र भर्ना शुल्कको ४ लाख ७५ हजार लाग्ने रकममा ५ जना, एमबीए ट्युशन शुल्कमा लाग्ने ३ लाख ८० हजार ५ जना र एमएससी आईटीएमको ट्युशन शुल्कवापत लाग्ने १ लाख २० हजार रकम ५ जनालाई पूर्ण छात्रवृत्ति दिने सम्झौता गरेको थियो।

यसैगरी प्लस टु विज्ञान संकाय र व्यवस्थापन संकायमा ललितपुरस्थित प्रसादी एकेडेमीसँग संघले एक–एक जनालाई पूर्ण छात्रवृत्तिको सम्झौता गरिसकेको छ। ‘यस्तो सम्झौताले आय कम भएका तर अध्ययनमा अब्बल अमर प्रहरीलगायतका परिवारले भविष्य बनाउन सक्नेछन् भन्ने नै हाम्रो लक्ष्य हो। हामीसँग सौहार्द सहकार्य भएका छन्’, शाही भन्छिन्,‘डीएभी कलेज ललितपुरमा प्रहरी अधिकृतदेखि तल्ला तहका कर्मचारी, बाहलपालादेखि अमर र पूर्व प्रहरी परिवारका सन्ततीलाई अध्ययनका लागि कक्षा १ देखि १२ सम्मको भर्ना शुल्क र ट्युशन शुल्कमा श्रीमती संघको सिफारिसका आधारमा ५० प्रतिशत र ६० प्रतिशत छुट दिने पनि सम्झौता भएको छ।’

यो शिक्षाको विषय मात्र भयो। शाहीको पहलमा स्वास्थ्यका क्षेत्रमा पनि अनेकन योगदान भएका छन्। रगत अभावका कारण ज्यान गुमाउनुपर्ने प्रहरी परिवारदेखि सर्वसाधारणसम्मको समस्यालाई सम्बोधनका लागि अनेक पटक रक्तदानका कार्यक्रम गरी अधिक रक्त संकलन गरी रेडक्रसलाई बुझाउने काममा शाहीको पहलकदमी संस्थागत रुपमा नै भयो। ‘प्रहरी अस्पतालमा पनि ब्लड बैंक (रक्तसंचय) हुने रहेछ पछि थाहा भयो, अब केही योगदान त्यहाँ नै गर्नुपर्ने ठानेकी छु’, शाहीले सुनाइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) धनगढी । शनिबार साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। […]

  (ABC-Sanchar) रोल्पा । जब बर्षा गर्न आकाश जोडले गडगडाउँछ मानिसहरु डराएर भित्र लुक्न थाल्दछ्न् म प्रेमले हृदय खोलेर स्वागत गर्न आतुर हुन्छ। जव चारैतिर आकाश तेजले मिल्कन थाल्दछ म आफु भित्र त्यस्तै तेजोमय प्रकाश देख्दछु। जब पानीको बर्षात हुन्छ म त्यसरी स्पर्स गर्न निस्कन्छु जसरी मुर्झाएका बृक्षहरु तड्पिएका हुन्छन् झरीले जाडो भगाउन जब मानिसहरु […]

ABC (क्राईमबिट)                                                    काठमाडौं । शिक्षाको उच्चतम तयारीका लागि यहाँ गर्नुपर्ने संघर्ष र खर्चको कथा असामान्य छ। अझ कमजोर आय भएका परिवारले सन्ततीलाई राम्रो शिक्षाका लागि कति संघर्ष गर्नुपर्छ भन्ने विषय […]