२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लुम्बिनी प्रदेशका डीआइजी टेकप्रसाद राई एआईजीमा बढुवा भएपछी सोमबार बिदा भए

Logo
प्रकाशित मंगलबार, फाल्गुण ३०, २०७९

ABC (क्राईमबिट)
दाङ । लुम्बिनी प्रदेशका डीआइजी टेक प्रसाद राई एआईजीमा बढुवा भए पछी सोमबार विदाइ भएका छन् । यद्यपि उनी केही दिन भैरहवामा बसेर काठमाडौं फर्कने बताए ।
नेपाल प्रहरीमा एसएसपीदेखि डीआइजीसम्मको तहलाई व्यवस्थापकीय तह मानिन्छ । डीआइजी राईले ४९ दिन लुम्बिनी प्रदेशमा कार्य गर्दा आफूले गरेको कामबारे सोमबार पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी गराएका हुन् ।

‘यस कार्यालयमा आइसकेपछि अनुसन्धान गर्दै गर्दा र दैनिक रुपमा हुने घटनामध्ये लागूऔषध, दुर्घटना, आत्महत्याका घटनाहरु मुख्य समस्याका देखिए,’ उनले भने,‘त्यसमा सीमा अपराधहरु र फैसला कार्यान्वयनलाई मुख्य प्राथमितामा राखेर केही गर्न सकिन्छ कि भनि उनले ५ वटा कार्ययोजना बनाएर जिल्ला प्रहरी र मातहतका युनिटलाई काम गर्न निर्देशन दिए ।

सीमा तस्करी नियणन्त्रण, लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनिकरण, फैसला कार्यान्वयन र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्ययोजना २०७९ बनाएर गत फागुन ४ गतेदेखि कार्यान्वयनमा ल्याएको राई बताउँछन् । तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल, भन्सार कार्यालय, राजस्व विभागपछि चौथो घेरामा प्रहरी रहे पनि नेपाल प्रहरीको पहलमा राजस्व संकलन बढाएका छन् ।

अपराध नियन्त्रण, अपराधी पक्राउ र मुद्दा फछ्यौटमा उल्लेख्य सुधार गरेका छन् । अदालतबाट भएको फैसला कार्यान्वयन र जरिवाना असुली पनि बढेको छ । उनले गलत आचरण भएका प्रहरीलाई पनि कारबाही गरे । आवश्यकता भन्दा बढी भएका सादा पोशाकका प्रहरी पनि हटाए ।

गत १० माघमा सरुवा भएर लुम्बिनी प्रदेशमा आएका राईले १२ वटै जिल्लामा पुगेर निरीक्षण र अनुगमन गरेका थिए । १९ फागुनमा रुकुम पूर्वको दुर्गम जाङमा पाँच घण्टा पैदल यात्रा गरेर प्रहरी चौकी जाङको भवन उद्घाटन गरेका थिए । भवन बने पनि दुर्गम भएकाले कोही पनि प्रहरी उच्च अधिकारी नपुुग्दा भवन उद्घाटन हुन सकेको थिएन ।

प्रहरी सेवालाई सुदृढ गर्न उनले प्रदेश प्रमुख भए लगत्तै मातहतका प्रहरी युनिटको नेतृत्वलाई १८ बुँदे निर्देशन दिएका थिए । ‘अहिलेसम्म पनि नागरिकहरुलाई प्रहरीको निःशुल्क सेवा हुन्छ भन्ने जानकारी नै छैन,’ उनले भने ‘प्रहरी कार्यालयमा जाँदा निवेदन लेख्नका लागि ५ सयदेखि ५ हजार रुपैयाँसम्म शुल्क तिरेको पाइयो यो तत्काल रोक्न मैले यसअघि नै निर्देशन दिइसकेको छु ।’

प्रहरीको सेवा निशुल्क छ भन्ने फर्माट तयार गरेर प्रदेशभर निशुल्क निवेदनको लागि व्यवस्थापन गरि सकेको उनले बताए । त्यस्तै नागरिकले १०० मा फोन गर्दा वा प्रहरी कार्यालयमा फोन गर्दा प्रहरी कर्मचारीले आफ्नो परिचय समेत नदिइ कुरा गर्ने गरेको गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयका हरेक युनिटले कसैले फोन गरेमा कार्यालयको नामसहित आफ्नो परिचय उल्लेख हुने गरि नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन पनि त्यो सेवा सुरु भएको बताए । राईले लुम्बिनी प्रदेश भित्र प्रहरीबाट गरिने कार्य सम्पादन एवं सेवा प्रवाह सम्बन्धी गुनासो गर्न हटलाइन नम्बर, इमेल र फेसबुक पेजको व्यवस्था गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]